Nepal Life

बजारमा उत्साह फर्कियो: नेप्से २८ अंकले उकालो, ६ कम्पनीमा सर्किट

NMB Bank
  • BFIS News
  • 2026 Jan 05 15:36
बजारमा उत्साह फर्कियो: नेप्से २८ अंकले उकालो, ६ कम्पनीमा सर्किट
National Life

काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ। लगातार दुई कारोबार दिन गिरावट आएको नेप्से सोमबार भने हरियो अंकमा फर्किएको हो।

Shikhar
NIMB

सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ३.७१ अंकले उकालो लागेको छ भने फ्लोट इण्डेक्स २.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले वृद्धि भएको छ।

नेप्से बढेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन आइतबार ५ अर्ब १ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३३५ स्टकको ८४ हजार ९९० पटकको कारोबारमार्फत ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन ६ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा सागर डिष्टिलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज, बन्दीपुर केबलकार एण्ड टुरिजम, रु रु जलविद्युत परियोजना तथा बाराही हाइड्रोपावर रहेका छन्। त्यस्तै, दरमखोला हाइड्रो इनर्जीको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ भने हिम स्टार उर्जा कम्पनी र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। घटेका स्टकहरूको मूल्य गिरावटदर भने ३ प्रतिशतभन्दा कममा सीमित रहेको छ।

कारोबार रकमका आधारमा सोमबार शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब २१ करोड रुपैयाँ र एसवाई प्यानल नेपालको साढे १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

सोमबार सबै १३ वटै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशतले उकालो लागेको छ। त्यस्तै, विकास बैंक तथा होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेका छन् भने जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया