Nepal Life

प्रिमियममा आइपिओ किन्नु भन्दा दोस्रो बजारमा सस्तो, हेर्नुहोस २०० रुपैयाँ भन्दा कम पर्ने २५ कम्पनी

National Life
  • BFIS News
  • 2023 Oct Wed 04:02
प्रिमियममा आइपिओ किन्नु भन्दा दोस्रो बजारमा सस्तो, हेर्नुहोस २०० रुपैयाँ भन्दा कम पर्ने २५ कम्पनी
RBB

काठमाडौं । दोस्रो बजारमै प्रिमियममा निष्काशन हुने आइपिओ भन्दा सस्तोमा शेयर पाउन थालेको छ । हामी प्राथमिक सेयर (आईपीओ) खुलेको थाहा पाउनासाथ भरिसक्छौं । चाहे त्यो जति सुकै प्रिमियम नै चार्ज किन नगरिएको होस् आवेदन दिइहाल्छौ । तर, सेयर बजारमा करिब आईपीओकै हाराहारीमा कम्पनीहरुको सेयर मूल्य छ भने पनि वास्ता गर्दैनौँ ।

NIMB

प्राथमिक बजारमा खरिद गरिएका कतिपय कम्पनीले अझै वर्षौसम्म पनि लाभांश दिने क्षमता राख्दैनन् । तर नियमित लाभांश दिइरहेका कम्पनीको शेयर मूल्य पनि आधार मूल्य हाराहारीमै छ भने पनि हामी खासै रुचाउदैनौ ।

लगानीकर्ता हरेक समय सस्तो सेयरको खोजीमा हुन्छन् तर जतिबेला सेयर सस्तिएको हुन्छ, त्यसबेला बजारमा प्रवेश गर्नै डराउँछन् । आम लगानीकर्ताहरु बजार घटेको समयमा भन्दा पनि बढेको समयमा बढि हौसिन्छन् । बढेको समयमा मात्रै प्रवेश गर्ने लगानीकर्ताहरु फस्छन् । यदि बजार घटेको समयमा जोखिम लिएर बजार प्रवेश गर्ने अनि बढेको समयमा बाहरिने हो भने बजारबाट राम्रो लाभ लिन सकिन्छ ।

यस्तो समयमा राम्रा राम्रा कम्पनी छानी छानी सस्तो मूल्यमा खरिद गर्न सकिन्छ । त्यसो भए राम्रा कम्पनी कसरी चिन्ने भन्ने जिज्ञासा पनि उठ्न सक्छ । कम्पनीलाई राम्रा भन्ने केही आधार भने पक्कै छन् । राम्रा भनिने कम्पनीको सञ्चालक समितिमै राम्रा मान्छे (व्यावसायिक विवादमा नपरेका) मानिस हुन्छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतसहित व्यवस्थापन तहका मानिसहरुको पृष्ठभूमि राम्रो हुन्छ । त्यस्ता कम्पनीले कर्जा प्रवाह गरेका क्षेत्रहरु बलिया हुन्छन् । कम्पनीले नियमित र समयमै साधारण सभा गरेका हुन्छन् । हरेक वर्ष लगानीकर्तालाई प्रतिफल दिएका हुन्छन् ।

मुलुकको आर्थिक अवस्थाका कारण लगानीका क्षेत्र संकुचित र अर्थतन्त्रमा मन्दी नै छाउँदा पनि राम्रा कम्पनीको नाफामा ठूलो गिरावट आउँदैन । उनीहरुको प्रतिफल बाँड्न सक्ने क्षमता राम्रै हुन्छ । सेयर बजार परिसूचक नेप्से अहिले पनि विगतको उच्च विन्दुभन्दा लगभग ३८ प्रतिशतले तल छ । सर्वाधिक उचाइमा पुगेका बेला नेप्से परिसूचक २०७८ भदौ २ गते ३१९८.६ अंकमा पुगेको थियो । मंगलबार नेप्से १९५८.७२अंकमा ओर्लिएको छ । कम्पनीहरुको मूल्य पनि त्यसैगरी घटेको छ । तर, त्यस्ता कम्पनीप्रति लगानीकर्ताको रुची खासै देखिएको छैन । अझ  समाज लघुवित्तको शेयर ८१ रुपैयाँमै पाइन्छ । अहिले कुनै पनि लघुवित्तले शेयर जारी गर्यो भने लाखौ लगानीकर्ताले आवेदन दिन्छन् तर आधार मूल्य भन्दा कमको लघुवित्तमा आकर्षण देखिदैन । 

तत्काल लाभांश दिन सक्ने क्षमताका बैंकहरु निफ्रा, लक्ष्मी सनराइज, प्राइम कमर्सियल बैंक, सिटिजन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंककै शेयर मूल्य २०० रुपैयाँ भन्दा कम छ । १७ वटा हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक कम २०० रुपैयाँ भन्दा कम छ । जवकी हिजोका दिनमा बजार बुल हुँदा यि कम्पनीको शेयर मूल्य ५०० रुपैयाँदेखि एक हजार रुपैयाँको विचमा थियो । अहिलेको अवस्थामा यि कम्पनीको शेयर खरिद गर्दा खासै ठुलो जोखिम नै छैन ।

आज किनेर भोलिनै फाइदा लिन नसकिएला तर निश्चित समय पछि अहिले खरिद गरिएका शेयरले अन्य क्षेत्रमा गरिएको लगानी भन्दा राम्रो प्रतिफल दिने छन् । त्यसैले बजारको भिडमा दौडिएर शेयर खरिद गरेर पछुताउनु भन्दा यो समयमा शेयर कित्ता बढाउनु बढी बुद्धिमानी हुने बजार विश्लेषकहरु बताउछन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार