Nepal Life

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणले माघ १२ गतेदेखि आवेदन दिन सक्ने

NMB Bank
  • BFIS News
  • 2026 Jan 26 10:16
भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणले माघ १२ गतेदेखि आवेदन दिन सक्ने
National Life

काठमाडौं। भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज (माघ १२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरिसकेपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै निष्काशन भइसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ ७१ पैसा रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८२ हजार ७०३ रुपैयाँ ५५ पैसा रहेको छ। उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि ३० वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको कम्पनीले जनाएको छ। यस आयोजनाबाट कम्पनीले २०८१ साल बैशाख ६ गतेदेखि नै व्यावसायिक रूपमा विद्युत उत्पादन गरिरहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया