Nepal Life

चुनाबले शेयर बजारमा फर्कियो उत्साह, नाफा बुक सँगै करेक्सन हुँदा पनि १६ अर्ब ३५ करोडको कारोबार

NMB Bank
  • BFIS News
  • 2026 Jan 26 15:18
चुनाबले शेयर बजारमा फर्कियो उत्साह, नाफा बुक सँगै करेक्सन हुँदा पनि १६ अर्ब ३५ करोडको कारोबार
National Life

काठमाडौं। चुनावका कारण शेयर बजारमा उत्साह फर्किएको छ। सोमबार लगानीकर्ताले नाफा बुक सँगै शेयर खरिद बढाउदा १६ अर्ब ३५ करोडको कारोबार भएको छ। नाफा बुक हुँदा नेप्से सूचक भने ३.०७ अंकले घटेको छ।

Shikhar
NIMB

आज ८८ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिए पनि १६५ वटाको शेयर मूल्यमा भने गिरावट आएको छ। ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट सँगै १० प्रतिशतले बढेको छ। एसवाइ प्यानल, हिमस्टार, सान्भी, सप्तकोशी, माउन्टेन हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। नेशनल हाइड्रोपावर तथा कालिका हाइड्रोपावरको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिएको छ। हिमालयन पावरको सबैभन्दा धेरै ६५ करोडको खरिद बिक्री भएको छ। 

होटल, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डको सूचकमा सुधार देखिएको छ भने अन्य बाँकी सूचकमा गिरावट देखिएको छ। 

आज शेयर बजारमा २५ अंक भन्दा धेरैले घटिसकेको थियो। उतारचढावकै विचमा ५ अंकसम्मले सुधार पनि भयो। अन्तिममा झिनो अंकले घटेर बन्द भयो। लगानीकर्ताले आज राम्रो नाफा बुक गर्नुका साथै शेयर बजारमा अवसर कुरेर बसेकाले लगानी पनि बढाएका छन्। आजको शेयर बजारको मुभमेन्ट कुरेर बसेकाले खरिद गरेका छन्। 

यस वर्ष शेयर बजारको बुलिस ट्रेण्ड माघ महिनामै सुरु भएको थियो। यो क्रम आगामी चुनावसम्म लम्बिन सक्ने विश्लेषकहरु बताउछन्। जेनजी आन्दोलन अगाडी देखि नै शेयर बजारमा गिरावट हुँदै आएको थियो। यस विचमा सयौ कम्पनीले लाभांश दिए तर पनि शेयर बजार बढ्न सकेन। तर चुनावको सुनिश्चितता सँगै शेयर बजारले गति लिन सुरु गरेको हो। यदि चुनाव हुन सकेन भने संबैधानिक समस्या देखिन सक्ने भन्दै अहिले सबै दलहरु चुनावमा होमिएका छन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया