Nepal Life

होटल फरेस्ट इन लिमिटेडको आईपीओ माघ २२ गतेदेखि खुल्ने

NMB Bank
  • BFIS News
  • 2026 Jan 28 12:27
होटल फरेस्ट इन लिमिटेडको आईपीओ माघ २२ गतेदेखि खुल्ने
National Life

काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) माघ २२, २०८२ गतेदेखि खुला गर्ने भएको छ। कम्पनीले प्रति कित्ता रु. १०० अंकित मूल्यमा ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

Shikhar
NIMB

आईपीओमा आवेदन दिने प्रारम्भिक अन्तिम मिति माघ २६, २०८२ तोकिएको छ। सो अवधिभित्र सेयर पूर्ण रूपमा बिक्री नभएमा निष्कासन अवधि फागुन ८, २०८२ सम्म थप गरिने कम्पनीले जनाएको छ।

कम्पनीको जारी पुँजी रु. २ अर्ब रहेको छ। जसमध्ये २० प्रतिशत अर्थात् ४० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ। यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई यसअघि नै बाँडफाँट गरिएको छ।

सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये २ प्रतिशत अर्थात् ८० हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने कुल निष्कासनको ५ प्रतिशत अर्थात् २ लाख कित्ता सेयर सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि छुट्याइएको छ। बाँकी ३३ लाख २० हजार कित्ता सेयर माघ २२ गतेदेखि सर्वसाधारणका लागि खुला हुनेछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेड (CRNL) ले होटल फरेस्ट इन प्राइभेट लिमिटेडको दीर्घकालीन बैंक कर्जालाई ‘CARE-NP BB-’ रेटिङ प्रदान गरेको छ।

होटल फरेस्ट इन प्राइभेट लिमिटेडको स्थापना नोभेम्बर २२, २०१० मा भएको हो। कम्पनीले काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा १ लाख ४२ हजार ७८३ वर्गफुट क्षेत्रफलमा फैलिएको जग्गामा होटल निर्माण गरिरहेको छ। प्रस्तावित होटल ५ तारे स्तरको हुने र कुल १०२ कोठा (रुम की) रहने जानकारी दिइएको छ।

होटल सन् २०२३ अक्टोबरदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ। साथै, कम्पनीले अन्तर्राष्ट्रिय होटल ब्रान्ड ‘होलिडे इन’ सञ्चालनका लागि अमेरिकी बहुराष्ट्रिय होटल समूह इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (IHG) सँग लाइसेन्स सम्झौता गरिसकेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया