NIMB Header 2
Nepal Life

होटल फरेष्ट इनको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ३३ लाख २० हजार कित्ता शेयर निष्काशन

National Life
  • BFIS News
  • 2026 Feb 05 11:00
होटल फरेष्ट इनको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ३३ लाख २० हजार कित्ता शेयर निष्काशन
Sanima Reliance

काठमाडौं। होटल फरेष्ट इन लिमिटेडले आज (माघ २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषहरुका लागि तथा ८० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ।

अब कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको आयोजनाको कुल लागत ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको विवरणमा उल्लेख छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया