NIMB Header 2
Nepal Life

तपाईलाई भुजुङ्ग हाइड्रोपावरको आइपिओ पर्यो? पहिलो दिनमै २७०० कमाउने, दोस्रो बजारमा कतिसम्म पुग्ला?

National Life
  • BFIS News
  • 2026 Feb 10 13:10
तपाईलाई भुजुङ्ग हाइड्रोपावरको आइपिओ पर्यो? पहिलो दिनमै २७०० कमाउने, दोस्रो बजारमा कतिसम्म पुग्ला?
Sanima Reliance

काठमाडौं। तपाईलाई भुजुङ्ग हाइड्रोपावरको आइपिओ पर्यो? यदि परेको छ भने तपाईले दोस्रो बजारमा सूचिकृत भएकै दिनमै २७०० रुपैयाँ कमाउनुहुनेछ। कम्पनीले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार नेपाल स्टक एक्सचेन्जले कम्पनीले ९०.०४ रुपैयाँदेखि २७०.१२ रुपैयाँको रेञ्ज प्रदान गरे सँगै शेयरधनीले पहिलो दिनमै २७०० रुपैयाँ हात पार्नेछन्।

Shikhar
NIMB

दोस्रो बजारमा उछाल आउने सम्भावना उच्च

कम्पनीले सर्वसाधारणका लागि माघ १२ गतेदेखि माघ १५ गते, २०८२ सम्म कुल ८ लाख ३० हजार कित्ता सेयर आईपीओमार्फत निष्कासन गरेको थियो। भुजुङ हाइड्रोपावर लिमिटेडको जारी पूँजी १ अर्ब रुपैयाँ रहेको छ, जसको २० प्रतिशत अर्थात् २० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

कुल जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर (१० करोड रुपैयाँ बराबर) लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो। त्यस्तै, सर्वसाधारण समूहबाटै १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई बाँडफाँट गरिसकिएको थियो।

सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये २ प्रतिशत अर्थात् २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको थियो भने कुल निष्कासित सेयरको ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सेयर सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि आरक्षित गरिएको थियो। यी सबै व्यवस्था पश्चात बाँकी रहेको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो।

यसरी भुजुङ हाइड्रोपावर दोस्रो बजारमा कम सप्लाइ भएको कम्पनी भित्र पर्ने देखिन्छ। आगामी तीन वर्षसम्म कम्पनीको ८ लाख ३० हजार कित्ता शेयर मात्रै दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ। त्यस पछि भने कम्पनीको लकिङ अवधि खुला हुनेछ र दोस्रो बजारमा चुक्ता पूँजी बराबरको सबै कारोबार योग्य हुनेछ। यस हिसावले अहिले नै यहि रेञ्जको हाइड्रोपावरको शेयर मूल्य साढे तीन सयदेखि ५ सय भन्दा माथि रहेका छन्। यस हिसावले कम्पनीका शेयरधनीले सजिलै ४/५ हजार कमाउनेछन्।   

आईपीओमा अत्यधिक आवेदन परेको थियो। कम्पनीका अनुसार कुल २५ लाख ३९ हजार ८९२ वटा वैध आवेदनमार्फत २ करोड ७९ लाख ६७ हजार ८५० कित्ता सेयरको माग परेको थियो। यद्यपि, ४० हजार २८ वटा आवेदनमार्फत माग गरिएको ४ लाख ७३ हजार ८३० कित्ता सेयर बराबरका आवेदन अयोग्य ठहर भएका छन्।

बाँडफाँट नतिजा अनुसार गोलाप्रथामार्फत ८३ हजार जना आवेदकले जनही १० कित्ता सेयर प्राप्त गरेका छन्।

 

लगानीकर्ताहरूले आफ्नो आईपीओ नतिजा सीडीएससीको आईपीओ रिजल्ट प्रणाली, मेरोसेयर तथा इश्यू प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको वेबसाइटमार्फत हेर्न सक्नेछन्।

यसैबीच, क्रेडिट रेटिङ संस्था आइक्रा नेपाल लिमिटेडले भुजुङ हाइड्रोपावर लिमिटेडको जारीकर्ता रेटिङ [ICRANP-IR] B+ बाट घटाएर [ICRANP-IR] B- मा झारेको छ। यो रेटिङ संशोधनले कम्पनीले समयमै आफ्ना वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमताप्रति जोखिमको धारणा बढेको संकेत गर्दछ।

भुजुङ हाइड्रोपावर (प्रा.) लिमिटेड सन् २०१५ मा स्थापना भएको जलविद्युत् विकास कम्पनी हो। कम्पनीले लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका क्षेत्रमा अपर मिडिम जलविद्युत् आयोजना विकास गरिरहेको छ। नदी प्रवाहमा आधारित (Run-of-River) उक्त आयोजनाको स्वीकृत क्षमता ७.५ मेगावाट रहेको छ। कम्पनीको केन्द्रीय कार्यालय पुरानो बानेश्वर, काठमाडौंमा अवस्थित छ।

आइपिओ नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया