कसले नोक्सानमै बेच्यो रिलायन्स स्पिनिङ मिल्सको आइपिओ ? ९० कित्ताको कारोबार
- BFIS News
- 2026 Feb 16 11:40
काठमाडौं। सर्वसाधारण लगानीकर्ताबाट चरम रूपमा पूँजी संकलन गरेको रिलायन्स स्पनिङ मिल्सको पहिलो कारोबार नै ५२० रुपैयाँसम्मको नोक्सानीमा भएको छ। विशेष प्रि–ओपन सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा कारोबार खुलेको थियो, जुन आईपीओ मूल्यभन्दा उल्लेख्य कम हो।
नेप्सेले तोकेको अधिकतम ओपनिङ रेञ्जभित्र चार वटा म्याचिङ कारोबार सम्पन्न भएका थिए। त्यसपछि भएको ५० कित्ताको कारोबार भने जम्मा ६ रुपैयाँले मात्र बढेर ३०६ रुपैयाँमा सीमित रह्यो।
यस दिन कुल ९० कित्ता शेयर खरिद बिक्री हुँदा २७ हजार ३०० रुपैयाँ बराबरको कारोबार भएको छ। यो तथ्यांकले कम्पनीको आईपीओ बराबरको मूल्य कायम हुन अझै कयौं दिन लाग्ने संकेत देखाएको छ।
बजारमा प्रश्न उठेको छ, घाटामा शेयर कसले बिक्री गर्यो? बजार स्रोतका अनुसार प्रारम्भिक चरणमा बिक्री प्रबन्धक तथा कम्पनी निकट व्यक्तिहरूले नै अधिकतम रेञ्जमा कारोबार मिलाएको हुन सक्ने अनुमान गरिएको छ। आगामी दिनमा पनि संस्थापक समूहबाटै शेयर आपूर्ति गरेर मूल्यलाई आईपीओभन्दा माथि टिकाउने रणनीति अपनाउनुपर्ने अवस्था देखिन्छ। अन्यथा सर्वसाधारण लगानीकर्ताले जानाजान नोक्सानमा शेयर बिक्री गर्ने सम्भावना न्यून देखिन्छ।
Reliance Spinning Mills को १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ९० लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ। त्यस्तै Salapa Bikas Bank Limited को १०० रुपैयाँ अंकित मूल्य कायम भएको ५२ लाख २३ हजार ८८० कित्ता साधारण शेयर सूचीकृत भएको थियो।
नेप्सेले सूचीकरणका क्रममा दिने ओपनिङ रेञ्ज सम्बन्धी व्यवस्था परिवर्तन गर्दै फेस भ्यालुको तीन गुणासम्म मात्र ओपनिङ रेञ्ज तोक्ने व्यवस्था लागू गरेको छ। सोही व्यवस्था अनुसार दुबै कम्पनीको पहिलो कारोबार ३०० रुपैयाँमा सीमित भएको हो।
बजार विश्लेषकहरूका अनुसार सुरुवाती कारोबारमा देखिएको दबाब र न्यून भोल्युमले लगानीकर्तामा अझै अन्योल कायम रहेको संकेत गर्छ। आगामी दिनमा आपूर्ति–माग सन्तुलनले मूल्यलाई कुन दिशामा लैजान्छ भन्नेमा सबैको नजर रहनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)











.jpg)





प्रतिक्रिया