NIMB Header 2
Nepal Life

३० प्रतिशत मार्जिनमै सेयर लगानी: नासा सेक्युरिटीजले ल्यायो नयाँ योजना

National Life
  • BFIS News
  • 2026 Feb 16 19:04
३० प्रतिशत मार्जिनमै सेयर लगानी: नासा सेक्युरिटीजले ल्यायो नयाँ योजना
Sanima Reliance

काठमाडौं। नेपाल धितोपत्र बजारमा मार्जिन कारोबारको नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि स्टक ब्रोकर कम्पनीहरूले लगानीकर्तालाई कर्जा सुविधा सहित सेयर कारोबार सेवा दिन थालेका छन्। यसैक्रममा नासा सेक्युरिटीज ले मार्जिन ट्रेडिङ सेवा औपचारिक रूपमा सुरु गरेको जनाएको छ।

Shikhar
NIMB

कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्ड ले जारी गरेको मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका २०८२ लागू भएसँगै लगानीकर्ताले ब्रोकरमार्फत ऋण लिएर सेयर खरिद गर्न सक्ने व्यवस्था कार्यान्वयनमा आएको हो। नयाँ व्यवस्थाअनुसार ग्राहकले ब्रोकर कम्पनीबाटै कर्जा लिएर सेयर बजारमा लगानी गर्न सक्नेछन्।

नासा सेक्युरिटीजले विभिन्न लगानीकर्ता समूहको आवश्यकता अनुसार लचिलो ऋण संरचना तयार गरिएको जनाएको छ। ग्राहकको मार्जिन आवश्यकता र जोखिम प्रोफाइललाई ध्यानमा राखेर विभिन्न योजना र स्किम सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ। नयाँ निर्देशिकाले २०७५ सालको पुरानो व्यवस्थालाई प्रतिस्थापन गरेको छ।

मार्जिन योजनाअन्तर्गत १० लाख रुपैयाँ बराबरको लगानी गर्न चाहने ग्राहकले ३० प्रतिशत प्रारम्भिक मार्जिन राखे पुग्ने व्यवस्था गरिएको छ। अर्थात् ३ लाख रुपैयाँ स्वयं लगानी गरी बाँकी ७ लाख रुपैयाँसम्म कर्जा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

ऋण अवधिअनुसार सेवा शुल्क र ब्याजदर फरक–फरक निर्धारण गरिएको छ। एक महिनाको अवधिका लागि लिइएको १० लाख रुपैयाँ बराबरको मार्जिन सुविधामा करिब ७ हजार रुपैयाँ शुल्क लाग्ने उल्लेख गरिएको छ। दुई महिनाका लागि सोही रकममा १३ हजार ६५० रुपैयाँ तथा तीन महिनाका लागि १९ हजार ९५० रुपैयाँसम्म सेवा शुल्क र ब्याज जोडिने कम्पनीको विवरणमा उल्लेख छ।

कम्पनीले १० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्मका मार्जिन योजना उपलब्ध गराएको जनाएको छ, जसको अवधि एकदेखि तीन महिनासम्म रहनेछ। यस व्यवस्थाले लगानीकर्तालाई कर्जा उपयोग गरी सेयर बजारका अवसरहरूमा सहभागिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया