NIMB Header 2
Nepal Life

रिड्ज लाइन इनर्जीको आईपीओ २५.११ गुणाले ओभरसब्स्क्राइब

National Life
  • BFIS News
  • 2026 Feb 16 19:20
रिड्ज लाइन इनर्जीको आईपीओ २५.११ गुणाले ओभरसब्स्क्राइब
Sanima Reliance

काठमाडौं। रिड्ज लाइन इनर्जीको आईपीओमा उल्लेख्य ओभरसब्स्क्रिप्सन देखिएको छ। सर्वसाधारण समूहका लागि खुला गरेको आईपीओमा मागभन्दा २५.११ गुणा बढी आवेदन परेको छ। कम्पनीले ११ लाख ८० हजार २६० कित्ता शेयरका लागि आवेदन आह्वान गरेकोमा कुल २ करोड ९६ लाख ३७ हजार ३ सय कित्ताका लागि आवेदन परेको विवरण सार्वजनिक भएको छ।

Shikhar
NIMB

सीडीएस एण्ड क्लियरिङ लिमिटेड का अनुसार अन्तिम दिनसम्म २६ लाख ६३ हजार ५५७ जना लगानीकर्ताले आवेदन दिएका छन्। ती आवेदनमार्फत २ अर्ब ९६ करोड ३७ लाख ३ सय रुपैयाँ बराबरको माग संकलन भएको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन तथा बाँडफाँट सम्पन्न गरिसकेको छ। त्यसपछि दोस्रो चरणमा सर्वसाधारण समूहका लागि शेयर बिक्री खुला गरिएको हो।

जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबर २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको कम्पनीले कुल निष्काशनमध्ये ११ लाख ८५ हजार कित्ता स्थानीय बासिन्दा र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकेको छ।

यस्तै, दोस्रो चरणअन्तर्गत २८ हजार ४४० कित्ता शेयर कर्मचारीका लागि तथा ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ दरमा बिक्रीमा राखिएको हो। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको थियो।

कम्पनीको निष्काशन मूल्याङ्कनमा CARE Ratings Nepal ले ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम संकेत गर्ने जनाएको छ।

कम्पनीले ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको र प्रतिमेगावाट लागत करिब २३ करोड १६ लाख रुपैयाँ पर्ने उल्लेख छ। उत्पादन अनुमतिपत्र अवधि अझै ३० वर्ष ११ महिना बाँकी रहेको छ। आयोजना २०८० माघ ८ गतेदेखि व्यावसायिक उत्पादनमा गई राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत बिक्री भइरहेको कम्पनीले जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी Prabhu Capital Limited ले सम्हालेको छ। लगानीकर्ताले स्वीकृत सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर प्रणालीमार्फत आवेदन दिएका हुन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया