दूध पोखरी चेपे र संयुक्त ऊर्जाले आईपीओका लागि बोर्डमा दिए आवेदन, अनुमति पाए पछि निष्काशन गर्ने
- BFIS News
- 2026 Feb 27 13:29
काठमाडौं। दुई जलविद्युत कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेका छन्। दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त ऊर्जा लिमिटेड ले सर्वसाधारणका लागि शेयर जारी गर्न बोर्डमा निवेदन दिएका हुन्।
बोर्डका अनुसार दूध पोखरी चेपे हाइड्रोपावरले गत माघ २० गते नै आवेदन दिएको भए पनि यससम्बन्धी विवरण हालै मात्र सार्वजनिक गरिएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका २० लाख २० हजार कित्ता शेयर निष्कासन गर्न स्वीकृति मागेको छ, जसको कुल मूल्य २१ करोड २० लाख रुपैयाँ हुन्छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।
यस्तै, संयुक्त ऊर्जा लिमिटेडले ४१ करोड ६० लाख रुपैयाँ बराबरका ४१ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न फागुन ५ गते बोर्डमा आवेदन दिएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले पाएको छ।
बोर्डबाट स्वीकृति प्राप्त भएपछि दुवै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्कासन गर्नेछन्। त्यसपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया