Nepal Life

नविल सेक्युरिटिजको सिइओमा सिए सुरेश देवकोटा नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sun 14:51
नविल सेक्युरिटिजको सिइओमा सिए सुरेश देवकोटा नियुक्त
Sanima Reliance

काठमाडौं । नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । सेक्युरिटिजको संचालक समितिको बैठकले आजदेखि लागु हुनेगरि चार वर्षको लागि उनलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो ।

NIMB

बैंकिङ क्षेत्रमा करिव दुई दशक भन्दा लामो समय विताइसकेका देवकोटालाई सञ्चालक समितिले खुला प्रतिपर्धाबाट नियुक्त गरेका हो । देवकोटा नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रुपमा कार्यरत रहेका थिए । आफ्नो बैंकिङ करियर बि.सं. २०६२ सालमा नेपाल बैंक लिमिटेडबाट सुरु गरेका देवकोटाले लामो समय नेपाल बङ्गलादेश बैंकमा बिताएका थिए ।

गत वर्ष तत्कालिन नेपाल बङ्गलादेश बैंक नबिल बैंकमा गाभिए पश्चात देवकोटाले नबिल बैंकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए । व्यवसायिक रुपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्व पार्षद रहनुका साथै नेपाल लेखामान बोर्डका सदस्य समेत रहेका थिए । देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरुमा संचालक सदस्यको रुपमा पनि कार्य गरिसकेका छन् ।

बैंकिङ, वित्तिय क्षेत्र र पुँजी बजारमा विशेष दख्खल राख्ने देवकोटाको नेतृत्वमा नबिल सेक्यूरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको संचालक समितिले लिएको छ । देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शास्त्रमा स्नातकोत्तर पनि गरेका छन् ।

पुँजी बजारको सम्पूर्ण काम गर्ने एउटा मात्र संस्था नबिल सेक्युरिटिजले बाहिरबाटै सिइओ खोजि गरिरहेको थियो तर सेक्युरिटिजले आफ्नै माउ कम्पनीबाटै सिइओ नियुक्त गरेको छ । १५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको नविल सेक्युरिटिजले धितोपत्र दलालदेखि डिलरसम्मको काम गर्नेछ । सेक्युरिटिजको प्रधान कार्यालय दरबारमार्गको तीनधारामा रहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया