Nepal Life

गभर्नर अधिकारी प्रति लगानीकर्ता रुष्ट, किन बढ्न सकेन शेयर बजार? यस्तो छ कारण

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sun 15:12
गभर्नर अधिकारी प्रति लगानीकर्ता रुष्ट, किन बढ्न सकेन शेयर बजार? यस्तो छ कारण
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको कदम प्रति लगानीकर्ताहरु थप रुष्ट देखिएका छन् । राष्ट्र बैंकले गत बिहीबार शेयर धितोकर्जाको सिमा बढाउदा बजार बढ्ने अपेक्षा गरिएको थियो तर आइतबार शेयर बजार उल्टै ३८ अंकले घटेको छ ।

NIMB

शेयरधितोकर्जा प्रवाहमा १२ करोडको क्याप लगाउदै आएको राष्ट्र बैंकले बढाएर व्यक्तिगत तर्फ १५ करोड र संस्थागत तर्फ २० करोड पुर्याए पनि लगानीकर्ताहरुले राष्ट्र बैंक प्रतिको आशा मरेको अभिव्यक्ति दिएका थिए । चौतर्फी रुपमा शेयरधितोकर्जाको सिमाका विषयमा विरोध भए पछि गभर्नर अधिकारीले मन बुझाउन थोरै सिमा बढाइदिएका थिए । तर यस्तो व्यवहारले बजारमा खासै सकारात्मक प्रभाव भने पार्न सकेन ।

लगानीकर्ताहरुले गभर्नर अधिकारीलाई नेकपा एमाले निकट कार्यकर्ताको रुपमा चित्रण गर्दै आइरहेका छन् । यसले गर्दा गभर्नर अधिकारीले सरकारलाई अलोकप्रिय बनाउन यस्तो नीति लिएको उनिहरुको बुझाछ । तर शेयर बजारका सक्रिय लगानीकर्ता नवराज दाहालका अनुसार पूँजी बजारलाई आफ्नो कब्जामा राख्न चाहने समुहले गभर्नर र राष्ट्र बैंकलाई दोसी देखाउन आफुले पहिला सस्तोमा उठाएर राखेको शेयर फालेर बजार घटाउन खोज्दै छन् ।

यस्तो कार्यले आम सर्वसाधारण लगानीकर्तालाई तर्साउदै शेयर मूल्य नै घटाएर तलको मूल्यमा शेयर उठाउने लगानीकर्ता हाबी भएको उनको आरोप छ । उनले भने ‘पूँजी बजार ऋण बाहेक चल्नै सक्दैन जस्तो देखाउन धेरै नराम्रो कुरा हो ।’

अर्का एक थरी लगानीकर्ताहरुको भने फरक विश्लेषण छ । ठुला लगानीकर्ताले दशै अगाडी शेयरधितो कर्जाको सिमा हटाएर वा घटाएर बजार बढाउन खोजिरहेका थिए । तर उनिहरुले सोच अनुरुप राष्ट्र बैंकले शेयर धितोकर्जाको सिमा हटाउन चाहेन ।

बजार घट्नुको प्रमुख कारण यो प्रथम त्रैमाशिक अवधिको अन्तिम महिना हो । शेयर बजारमा पहिलो त्रैमाशिक अवधिको व्याज र किस्ताको जोहो गर्ने लगानीकर्ताको दवाव छ । यसले गर्दा आज बजार बढिहाले पनि भोलिका दिनमा बढ्ने अवस्था थिएन । यसले गर्दा पनि लगानीकर्ताहरुले शेयर उठाउन चाहेनन् । यसैमा शेयरधितो कर्जाको सिमा राम्रो बहाना बन्यो ।

त्यसमा पनि नजिकिदै गरेको दशै र तिहारको खर्च जुटाउनु पर्ने बाध्यता लगानीकर्तामा छ । लगानीकर्ताहरुले आफु सँग भएको बचतलाई अहिले शेयरमा लगानी नगरि खर्चका लागि छुट्टाएर राखिरहेका छन् । बजार घट्नुको अर्को कारण प्रिमियममा एफपिओ निष्काशन गरेका बैंक वित्तीय संस्था तथा कम्पनीले तिर्नु पर्ने करका विषयमा राष्ट्र बैंकले अन्तरिक आदेश जारी गर्न चाहेन । त्यसैले मर्जरमा गएका कम्पनीको वार्गेन पर्चेज गेन र प्रिमियमको करको विवाद अन्योलमा परेको छ । यदि सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला सुनायो भने दर्जन भन्दा बैंक वित्तीय संस्था तथा कम्पनीहरुले यस वर्ष त अवको केहि वर्षसम्म लाभांश दिन सक्दैनन् । यसले पनि लगानिकर्तामा अन्योलता छाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया