Nepal Life

अपर तामाकोशीको शेयर १४६ रुपैयाँ भन्दा माथि बोलकबोल गर्नेले मात्रै पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 20:01
अपर तामाकोशीको शेयर १४६ रुपैयाँ भन्दा माथि बोलकबोल गर्नेले मात्रै पाउने
Sanima Reliance

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको नविकेको हकप्रद शेयर १४६ रुपैयाँ भन्दा माथि बोलकबोल गर्नेले मात्रै पाउने भएका छन् । कम्पनीले आह्वान गरेको बोलकबोलमा १०१ रुपैयाँदेखि २०० रुपैयाँसम्मका लागि आवेदन परेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ ।

 

NIMB

कम्पनीको कटअफ मूल्य प्रतिकित्ता १४६ रुपैयाँ निर्धारण भएको हो । कम्पनीले बिक्रीमा राखेको हकप्रद सेयर पूर्ण रुपमा बिक्री नभएको एक करोड ७० लाख कित्ता बढी सेयर लिलामीमा राखेको थियो ।

कटअफ मूल्य प्रतिकित्ता १४६ रुपैयाँ निर्धारण भएसँगै अब सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदकहरूले माग बमोजिमको सेयर पाएका छन् । दोस्रो बजारमा कम्पनीको शेयर मूल्य २२६ रुपैयाँ रहेको छ । बोलकबोलको समयमा कम्पनीको शेयर मूल्य १९० हाराहारी थियो । हाल २२६ रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया