कुथेली बुखरीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा
- BFIS News
- 2023 Jul Sun 13:27
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपिओ आज बाँडफाँड सम्पन्न गरेको छ । आज भएको बाँडफाँडबाट १० हजार ११५ आवेदकले १० कित्ताका दरले र थप एक भाग्यशाली लगानीकर्ताले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।
कम्पनीले गत असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार १५१ कित्ता आईपीओ निष्काशन गरेको थियो । यस अवधिमा कुल १० लाख ४८ हजार ४६८ जना आवेदकले १ करोड ११ लाख ३५ हजार ४३० कित्ताका लागि आवेदन दिएका थिए । जस मध्ये १० लाख ४७ हजार ३०५ आवेदन स्वीकृत भएको छ भने १ हजार १६३ आवेदन रद्द भएको थियो ।
प्राथमिक शेयर परे नपरेको नतिजा तीन वटा साइटबाट हेर्न मिल्ने व्यवस्था रहेको छ । जसमा सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेवसाइट, मेरो शेयरको वेवसाइट र धितोपत्र निष्काश तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलको वेवसाइटबाट हेर्न सकिनेछ ।
प्रतिक्रिया