Nepal Life

शेयर बजार मैत्री मौद्रिक नीतिको चर्चा सँगै शेयर बजारमा उछाल, ६२ अंकले बढ्यो

National Life
  • BFIS News
  • 2023 Jul Sun 13:59
शेयर बजार मैत्री मौद्रिक नीतिको चर्चा सँगै शेयर बजारमा उछाल, ६२ अंकले बढ्यो
RBB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शेयर बजार मैत्री ल्याउने चर्चा सँगै शेयर बजारमा आज उछाल आएको छ । आज शेयर कारोबार खुल्ने वित्तीकै बढ्न थालेको थियो । यसै क्रममा हालसम्म नेप्से सूचक ६२ अंक भन्दा धेरैले सुधारभइसकेको छ ।

 

NIMB

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जा पुनरावलोकन गर्ने चर्चा गरिएको छ । त्यस्तै अनुत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाहमा रोक लगाउने राष्ट्र बैंकको योजना रहेको बुझिएको छ ।

नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जामा ४/१२ करोडको सिमा लगाए पछि लगातार घट्दै आइरहेको थियो । यस पालि भने यस्तो सिमा हट्ने भन्दै लगानीकर्ताले शेयर उठाइरहेका छन् । यद्यपी मौद्रिक नीति भने अपरान्ह ३ बजे सार्वजनिक हुनेछ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया