NIMB Header 2
Nepal Life

कसरी हुन्छ 'बुक बिल्डिङ' मार्फत आईपीओ जारी? 

National Life
  • BFIS News
  • 2024 Feb 14 10:56
कसरी हुन्छ 'बुक बिल्डिङ' मार्फत आईपीओ जारी? 
Sanima Reliance
Shikhar
NIMB

 

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्दा आईपीओ जारी गर्ने कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकको सहयोगमा योग्य संस्थागत लगानीकर्तासँग उनीहरूले चाहेको न्यूनतम खरिद संख्या, आशय मूल्य र सोको मूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग हुन्छ, त्यसपछि योग्य संस्थागत लगानीकर्ताले आवश्यक अध्ययन गरी आशय मूल्य पेस गर्छन्।

आशय मूल्य लिँदा न्यूनतम १० वटा योग्य संस्थागत लगानीकर्ताबाट सबै सेयर बिक्री हुनेगरी लिनुपर्ने व्यवस्था बुक बिल्डिङ निर्देशिकाले गरेको छ। यसरी आशयमूल्य प्राप्त गरेपछि बिक्री मूल्य सीमा निर्धारण गरिन्छ ।आशयमूल्यको अध्ययनपछि तय भएको आधार मूल्यमा २० प्रतिशत थप गरी कायम हुने मूल्यलाई माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी सीमा निर्धारण हुन्छ। 

बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने व्यवस्था छ।

आशय मूल्यको आधारमा बिक्री मूल्य सीमा (कट अफ मूल्य) निर्धारण हुन्छ। यो मूल्यमा योग्य संस्थागत लगानीकर्ताले सेयर खरिद गर्छन् भने सर्वसाधारणले यो मूल्यको १० प्रतिशत कम तिर्नुपर्नेछ। कट अफ मूल्य भन्नाले यस्तो मूल्य हो, जुन मूल्यभन्दा बढी कबोल गर्ने योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरे सबै बिक्री हुन्छ।

योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट सम्पन्न भएको विवरण ७ दिनभित्र नेपाल धितोपत्र बोर्डमा बुझाउनुपर्ने व्यवस्था छ। बोर्डको स्वीकृतिपछि सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रक्रिया अघि बढ्छ जसअघि सर्वसाधारणलाई सबै कुरा खुलाएर नयाँ विवरणपत्र पेस गर्नुपर्छ। बोर्डले स्वीकृति दिएको ७ दिनभित्र आह्वान–पत्र प्रकाशन गर्नुपर्छ र सोहीअनुसार आवेदन माग गरिन्छ।

बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने व्यवस्था छ। सर्वसाधारणलाई जारी गरिनुपूर्व पनि ‘अन्डरराइटिङ’ (प्रत्याभूति) गरिएको हुन्छ, सर्वसाधारणमा बिक्री नभएको अवस्थामा अन्डरराइटिङ गर्नेले सेयर सकार्नुपर्छ। सेयर नपाएकालाई ३ दिनभित्रै आर्जित ब्याजसहित पैसा फिर्ता गर्नुपर्छ। 

नेपालमा पहिलो पटक मंसिर ६ गतेदेखि बुक बिल्डिङ प्रक्रियाबाट सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) जारी गरेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया