Nepal Life

यि हुन् दोस्रो बजारमा सर्वाधिक सस्ता १० कम्पनी, थोरै लगानीमा उच्च प्रतिफल

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Mon 18:56
यि हुन् दोस्रो बजारमा सर्वाधिक सस्ता १० कम्पनी, थोरै लगानीमा उच्च प्रतिफल
Sanima Reliance

काठमाडौं । हाल दोस्रो बजारमा कारोबार भइरहेका कम्पनी मध्ये सर्वाधिक १० कम्पनी मध्ये एउटा कम्पनीको शेयर मूल्य आधार मूल्य भन्दा पनि कम रहेको छ । दोस्रो बजारमा समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७३ रुपैयाँ रहेको छ । दोस्रो सस्तो कम्पनी हिमालयन दोलखाको छ । हिमाल दोलखाको शेयर मूल्य १५६ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा यस कम्पनीको शेयर मूल्य २८० रुपैयाँसम्म पुगेको छ । सर्वाधिक कम १७८ रुपैयाँ थियो ।

NIMB

त्यस्तै बैंकहरु मध्ये सर्वाधिक सस्तो शेयर कुमारी बैंकको १८५ रुपैयाँ मात्रै छ । एक वर्षको अवधिमा सर्वाधिक धेरै २१९ रुपैयाँ र सर्वाधिक कम १५५ रुपैयाँ थियो । हकप्रद शेयर निष्काशन गरिरहेको नेशनल हाइड्रोपावरको शेयर मूल्य १७८ रुपैयाँ मात्रै छ । यो कम्पनीको शेयर मूल्य एक वर्षको अवधिमा सबैभन्दा धेरै २९७ रुपैयाँ थियो ।

दोस्रो धेरै सस्तो शेयर मूल्य प्रभु बैंकको १८८ रुपैयाँ र त्यस पछि सिटिजन बैंकको १९६ रुपैयाँ छ । हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा कम रहेको छ । आखु खोला हाइड्रोपावरको १९५ रुपैयाँ, एचआइडिसिएलको १८८ रुपैयाँ, शिवश्री हाइड्रोपावरको १८६ रुपैयाँ, दिव्यश्वरीको १८५ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया