केपी ओली मार्फत गभर्नर अधिकारीलाई मनाउदै लगानीकर्ता, शेयर बजारको हितमा काम गर्न अनुरोध गर्ने

  • BFIS News
  • 2023 Jul Tue 15:25
केपी ओली मार्फत गभर्नर अधिकारीलाई मनाउदै लगानीकर्ता, शेयर बजारको हितमा काम गर्न अनुरोध गर्ने

काठमाडौं । शेयर बजारका लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर बजारको विषयमा लिएको नीतिलाई सच्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मार्फत दवाव दिने रणनीनि बनाएका छन् ।

गभर्नर महाप्रसाद अधिकारीले वर्तमान सरकारको लोकप्रियतालाई कमजोर बनाउन शेयर बजार मार्फत खेल्न खोजेको भन्दै उनिहरुले केपी ओलीलाई ब्रिफिङ गर्ने भएका हुन् । गभर्नर अधिकारीलाई नेकपा एमालेले नियुक्ति गरेको थियो । त्यसैले गभर्नर अधिकारीलाई यस्तो आरोप लाग्दै आएको छ ।

 

गभर्नर अधिकारीले दुई वर्ष अगाडी लिएको नीतिकै कारण शेयर बजार ओरालो झरेको थियो । तत्कालिन समयमा मौद्रिक नीति मार्फत शेयरधितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड कायम गरिएको थियो । अहिले पनि यो व्यवस्थालाई गभर्नर अधिकारीले हटाउन चाहेनन् । उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि यसमा नियमित अनुगमन भइरहेको जनाएका छन् ।

त्यस्तै शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सो भन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नेपर्ने व्यवस्था गरिएको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा यस वर्षमा नियमित अनुगमन भइरहेको भन्दै आगामी दिनमा परिपत्र मार्फत पुनरावलोकन गरिने जनाइएको छ । तर पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले यसमा पुनरावलोकन हुँदै गर्दा सबै किसिमका लगानीकर्ताहरुको लागि भन्दा पनि निश्चित प्रकारका लगानीकर्ताकालागी मात्रै पुनरावलोकन हुने बताएका थिए ।

यसरी १२ करोडको सिमालाई पनि यथावत राखिएको र पुनरावलोकन गर्दा पनि सबै किसिमका कर्जामा नहुने भन्दै गर्दा लगानीकर्ताहरु आत्तीएका छन् । गत आइतबार मौद्रिक नीति सार्वजनिक हुने वित्तीकै शेयर बजारमा उछाल आएको थियो । कारोबार अवधिमै मौद्रिक नीति जारी हुँदा लगानीकर्ताहरु फसेका छन् ।

लगानीकर्ताहरुले केपी ओलीलाई भेटेर यस विषयमा बुझाउन खोजेका हुन् । केपी शर्मा वली मार्फत गभर्नर अधिकारीलाई लगानीकर्ताको हितमा काम गरिदिनका सुझाव दिन आह्वान गर्ने पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन् ।

उनले भनिन् ‘गभर्नर अधिकारी नेकपा एमाले निकट हुनुहुन्छ भन्ने चर्चा छ । त्यसैले हामीले अध्यक्ष ओली मार्फत सुझाव दिन आग्रह गर्न लागेका हौ ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया