Nepal Life

शेयर बजारमा मौद्रिक नीतिको ह्याङ ओभर, ८.११ अंकको गिरावट

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Wed 15:07
शेयर बजारमा मौद्रिक नीतिको ह्याङ ओभर, ८.११ अंकको गिरावट
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज पनि मौद्रिक नीतिको ह्याङ ओभर देखिएको छ । मौद्रिक नीति प्रति ठुलो अपेक्षा गरेका लगानीकर्ताले सोचे अनुरुप नआए पछि आत्तीएर शेयर बिक्री गर्न थालेका हुन् । मौद्रिक नीति अगाडी शेयर खरिद गर्नेहरुले शेयर बिक्री गरिरहेका छन् । अझै केहि समय मौद्रिक नीतिको प्रभाव शेयर बजारमा देखिने विश्लेषकहरु बताउछन् ।

NIMB

नेपाल राष्ट्र बैंकले शेयरधितो कर्जाका विषयमा अझै स्पष्ट निर्देशन जारी गर्न बाँकी छ । यदि गभर्नर महाप्रसाद अधिकारीले पत्रकार सम्मेलनमा भने अरुप आयो भने बजार अझै तल झर्ने अनुमान गर्दै ठुला लगानीकर्ताहरु शेयर बिक्री गरेर रिजर्भमा बस्न चाहेका छन् । यसैले गर्दा आज मंगलबार नेप्से सूचक ८.११ अंकले घटेको छ । नेप्से सूचक २१५६.२० अंकमा झर्दा कारोबार रकम २ अर्ब ४३ करोड रुपैयाँको भएको छ ।

किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक धेरै ६.९० प्रतिशतले बढेको छ भने सर्वाधिक धेरै गिरावट जाल्पा लघुवित्तको ६.४९ प्रतिशतले घटेको छ । आज ग्लोबल आइएमईको संस्थापक शेयर मात्रै १५ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ । फाइनान्स, म्युचुअल फण्ड र अन्य सूचक बाहेक सबै घटेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया