Nepal Life

अपर लोहोरे हाइड्रोले साउन गतेदेखि १८ बाट सर्वसाधारणलाई शेयर बिक्री गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Thu 10:44
अपर लोहोरे हाइड्रोले साउन गतेदेखि १८ बाट सर्वसाधारणलाई शेयर बिक्री गर्दै
Sanima Reliance

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले आगामी साउन १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । सर्वसाधारणका लागि छुट्याएको १९ लाख ५३ हजार २ सय ७९ कित्ता शेयर आगामी साउन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

NIMB

सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ । स्थानीयले माग गरेजति शेयर प्राप्त गरेका थिए । उनीहरुले खरिद नगरेको शेयर समेत सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो ।

कम्पनीले कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २३ करोड ६८ लाख रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया