Nepal Life

नविल इन्भेष्टमेन्ट र भोटेकोशी हेली रिसोर्ट विच परामर्श सेवाको सम्झौता, क्षमता विस्तारदेखि आइपिओ सम्मको काम

Global Ime detail Page
  • BFIS News
  • 2024 May Sun 12:13
नविल इन्भेष्टमेन्ट र भोटेकोशी हेली रिसोर्ट विच परामर्श सेवाको सम्झौता, क्षमता विस्तारदेखि आइपिओ सम्मको काम
Sanima Reliance

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग र भोटेकोशी हेली रिसोर्ट तथा स्पा लिमिटेड बीच संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ ।    

NIMB

कम्पनीको व्यवसायिक रणनीतिक विस्तार, भविष्यको योजना, प्रतिस्पर्धात्कम क्षमताको अभिवृद्धि, व्यवसायको सुक्ष्म अध्ययन र व्यवसायलाई आवश्यक पूँजीको उपलब्धता जस्ता समन्वयकारी/सहयोगी भुमिका निर्वाह गरी कम्पनीलाई ४ स्टार सम्मको अतिथ्यता सत्कार गर्न सक्ने बनाउन कम्पनीको क्षमता अभिबृद्धिमा सहयोगीको भूमिका खेल्ने र कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनसम्मको कार्य गरी कम्पनीलाई एक सूचिकृत कम्पनी बनाउने सम्बन्धी सम्झौता भएको हो ।

कोदारी राजमार्ग अन्तर्गत चीनको सीमाना तातोपानी जाने बाटोको भोटेकोशी नदि छेउमा रहेको उक्त भोटेकोशी हेली रिसोर्ट पारिवारिक बिदा मनाउन, गोष्ठी, सेमिनारहरु गर्न, विवाह र अन्य विशेष कार्यक्रमहरु गर्न उपर्युक्त स्थान रहेको कम्पनीले जनाएको छ ।

उच्च स्तरिय आतिथ्य सत्कार गर्ने यस रिसोर्टले निकट भविष्यमा नै क्यासिनो लगाएतका बिभिन्न मनोरञ्जनात्मक सेवा सुबिधाहरु थप्दै आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने जनाएको छ । सुन्दर प्राकृतिक वाताबरण रहेको यस क्षेत्रमा जानको लागि काठमाण्डौंबाट २० मिनेटको हेलिकप्टर उडान वा ३ घण्टाको सडक सवारीबाट पुग्न सकिन्छ भने चीनको खासा स्थित मितेरी पुलबाट करिवन ४५ मिनटको सडक सवारीबाट  पुग्न सकिन्छ ।

आज भएको सो सम्झौतामा नबिल इन्भेष्टमेन्टले भोटेकोशी हेली रिसोर्टलाई सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सार्वजनिक निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष चिन बहादुर रानाभाट र नबिल ईन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका  प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया