सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा ५०% सम्म छुट
- BFIS News
- 2026 Apr 07 19:19
काठमाडौं, चैत्र २४, २०८२ — सिद्धार्थ बैंक र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेज बीच बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार, जमलस्थित नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा अधिकतम ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाले ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी प्रणालीतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार यस्ता सहकार्यले नगद कारोबारको सट्टा डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने र ग्राहकलाई थप मूल्य प्रदान गर्ने लक्ष्य राखिएको छ।
यस योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र सिद्धार्थ केयर मार्फत सम्पर्क गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)








.jpeg)




प्रतिक्रिया