NIMB Header 2
Prabhu Mahalaxmi

पचास करोडको लगानीमा मनकामना केवुलकारको स्तरोन्नति गरिँदै, ५० दिन लाग्ने

United Ajod
  • BFIS News
  • 2024 Jul 07 15:41
पचास करोडको लगानीमा मनकामना केवुलकारको स्तरोन्नति गरिँदै, ५० दिन लाग्ने
IME LIFE

काठमाडौं । नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । कम्पनीले ५० करोडको लगानीमा आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको जनाएको छ।

Nepal Life
NIMB

२६ वर्ष अगाडि जडित यो प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवुलकारको स्तरोन्नति गर्न लागिएको हो।

पुरानो मोटर सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेशन बीच जडित समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ र यसको लम्बाई करीव ३२०० मिटरको हुनेछ । त्यस्तै मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करीव ६५०० मिटरको हुनेछ ।

केवुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिपहरु, जस्को माध्यमबाट तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकिएको छ। डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको भनाई छ। तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सक्छ ।

डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै सफ्टवेयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै समाधान गर्न सकिने छ।

कम्पनीले स्तरोन्नतिको क्रममा मुख्य गरी मेन लठ्ठा तार फेर्ने, कम्युनिकेसन तार फेर्ने, डिजीटल कन्टोल सिस्टम परिवर्तन गर्ने, सबै तारहरु फेर्ने, डिसी मेन मोटर फेरेर एसी मेन मोटर डाइभ राख्ने, तीनवटा टावर ओभरहालिङ गर्ने तथा जनशक्तिका लागि एड्भान्स तालिम समेत आयोजना गरिने बताएको छ ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया