NIMB Header 2
Prabhu Mahalaxmi

दशैं–तिहार लक्षित अटो अफर सार्वजनिक, कुन ब्रान्डले कति छुट दिए?

United Ajod
  • BFIS News
  • 2026 Oct 01 11:31
दशैं–तिहार लक्षित अटो अफर सार्वजनिक, कुन ब्रान्डले कति छुट दिए?
IME LIFE

काठमाडौं। दशैं, तिहार र छठलाई लक्षित गर्दै नेपालका विभिन्न सवारीसाधन ब्रान्डले बिक्री योजना सार्वजनिक गरेका छन्।

Nepal Life
NIMB

कम्पनीहरूले मोडलअनुसार नगद छुटसँगै बीमा, सडक कर, चार्जर, सर्भिसिङ, वारेन्टी तथा एक्सचेन्ज सुविधा समेटेका छन्। सार्वजनिक गरिएका योजनामा नगद छुट १ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म छ।

फेस्टिभ अफरअन्तर्गत हुन्डाईले ३ लाख रुपैयाँसम्म नगद छुट दिने योजना ल्याएको छ। स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म जित्न सकिने व्यवस्था गरिएको छ। कम्पनीले एक वर्षको बीमा र सडक कर, तीन वर्षको वारेन्टी तथा छ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा पनि समेटेको छ।

एमजीले विद्युतीय कारमा ३ लाख रुपैयाँसम्मको लाभ दिने योजना सार्वजनिक गरेको छ। योजनामा बीमा, एक वर्षको सडक कर, फाइनान्स र एक्सचेन्ज सुविधा समावेश छन्।

आइकार भी२३ मा २ लाख रुपैयाँ नगद छुट दिइएको छ। ५३ लाख ९९ हजार रुपैयाँको मूल्य रहेको यो मोडल छुटपछि ५१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ। साथै, ११ वर्षसम्मको विस्तारित वारेन्टी, एक वर्षको सडक कर तथा बीमा र ७ किलोवाटको चार्जर उपलब्ध गराउने योजना छ।

ओमोडा ई५ मा १ लाख, जेको जे५ मा ३ लाख र जेको जे६ टी मा २ लाख रुपैयाँ नगद छुट घोषणा गरिएको छ। यी मोडलमा एक वर्षको सडक कर र बीमाका साथै ७ किलोवाटको वाल चार्जर उपलब्ध गराइनेछ।

एक्सपेङ जी६ मा १२ लाख रुपैयाँसम्मको छुट घोषणा गरिएको छ। यसबाहेक ६.६ किलोवाटको वालमाउन्ट चार्जर, एक वर्षको बीमा र सडक दस्तुर निःशुल्क दिने योजना छ।

ग्रेटवाल मोटरले ओरा फाइभमा २ लाख र हाभाल जोलियन म्याक्समा ३ लाख रुपैयाँसम्म छुट दिने जनाएको छ। योजनामा बीमा, सडक दस्तुर, स्पेयर टायर, चार्जर र एसेसरिज पनि समावेश छन्।

होन्डाले विभिन्न मोडलमा १० लाख रुपैयाँसम्म नगद छुट घोषणा गरेको छ। सीआर–भी, एलिभेट, सिटी र सिटी हाइब्रिडलगायत मोडलमा एक वर्षको सडक कर र फुल इन्स्योरेन्स निःशुल्क उपलब्ध गराउने योजना छ। पुरानो सवारीसाधन एक्सचेन्ज गर्ने ग्राहकका लागि एक्सचेन्ज बोनसको व्यवस्था पनि गरिएको छ।

त्यस्तै, जीएसी आयोनका विद्युतीय सवारीमा ९ लाख रुपैयाँसम्मको छुट घोषणा गरिएको छ। योजनामा एक्सचेन्ज बोनस, एक वर्षको सडक कर तथा बीमा र ६.६ किलोवाटको होम चार्जर समावेश छन्।

दशैं–तिहार नजिकिँदै जाँदा अन्य ब्रान्डले पनि आफ्ना चाडपर्व लक्षित योजना सार्वजनिक गर्ने तयारी गरेका छन्। यससँगै मुख्य बिक्री सिजनमा नेपाली अटो बजारमा विभिन्न ब्रान्डबीचको प्रतिस्पर्धा थप बढ्ने भएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया