सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०-१० दशैं धमाका’ अफर, कार्डमार्फत खरिदमा १५ प्रतिशतसम्म छुट
- BFIS News
- 2026 Oct 02 20:52
काठमाडौं, असोज १६। सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा दशैंलाई लक्षित गर्दै ‘१०-१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत बैंकका भिसा डेबिट तथा क्रेडिट कार्डमार्फत दराज एपबाट सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
अफर असोज १५ गतेदेखि २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२, २०२६ सम्म सञ्चालन हुनेछ। यस अवधिमा सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म, अधिकतम १ हजार रुपैयाँ, तथा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म, अधिकतम १ हजार ५०० रुपैयाँ छुट पाउनेछन्।
छुट प्राप्त गर्न ग्राहकले दराज एपमा रहेको ‘Mega Dashain Discounts 10.10’ अभियानअन्तर्गत ‘Bank Voucher’ सेक्सनमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ। संकलित भाउचर ग्राहकको दराज प्रोफाइलमा रहेको ‘My Vouchers’ मा सुरक्षित हुनेछ।
त्यसपछि कम्तीमा १ हजार ९९९ रुपैयाँको सामान खरिद गर्दा भुक्तानीका क्रममा उक्त भाउचर छनोट गरी ‘Visa Debit/Credit Card’ विकल्पमार्फत सिद्धार्थ बैंकको सम्बन्धित कार्डबाट भुक्तानी गर्नुपर्नेछ। सो प्रक्रिया पूरा गरेपछि ग्राहकले निर्धारित छुट प्राप्त गर्न सक्नेछन्।
दशैंको समयमा हुने अनलाइन किनमेललाई सहज, सुरक्षित र लाभदायी बनाउने उद्देश्यले अफर ल्याइएको बैंकले जनाएको छ। सहकार्यले डिजिटल भुक्तानीका माध्यमको प्रयोगलाई प्रोत्साहन गर्नुका साथै दशैंको किनमेलमा ग्राहकलाई थप सुविधा उपलब्ध गराउने बैंकको अपेक्षा छ।
अफरसम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा विभिन्न माध्यमबाट सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया