NIMB Header 2
Prabhu Mahalaxmi

२१ हजारको ल्युब आयल किन्दा पर्साका लालबाबुलाई पर्यो १० लाखको सरकारी चिठ्ठा

United Ajod
  • BFIS News
  • 2026 Oct 02 16:39
२१ हजारको ल्युब आयल किन्दा पर्साका लालबाबुलाई पर्यो १० लाखको सरकारी चिठ्ठा
IME LIFE

काठमाडौं। पर्साका लालबाबु साह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार १० लाख रुपैयाँको सरकारी बम्पर उपहारका लागि छनोट भएको छ।

Nepal Life
NIMB

आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मका कारोबारमध्ये कानुको कारोबार बम्पर उपहारका रूपमा छनोट भएको हो।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरेका हुन्।

बम्पर उपहारमा छनोट भएका कानुलाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले तत्कालै फोनमार्फत बधाई दिएका थिए। उनले पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया