Nepal Life

लगानीकर्ताको सर्वाधिक आकर्षणमा परेका होटल मध्ये तीनले मात्रै लाभांश दिन सक्ने, कसको वित्तीय अवस्था कस्तो ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 15:59
लगानीकर्ताको सर्वाधिक आकर्षणमा परेका होटल मध्ये तीनले मात्रै लाभांश दिन सक्ने, कसको वित्तीय अवस्था कस्तो ?
Sanima Reliance

काठमाडौं । दोस्रो बजारका लगानीकर्ताले अत्याधिक रुचाएका होटल तथा पर्यटन समुहका कम्पनीको वित्तीय विवरण भने खासै उत्साहजनक देखिदैन । यस समुहमा ६ वटा कम्पनी रहेका छन् । ६ कम्पनी मध्ये ५ वटाले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये २ वटाले मात्रै लाभाश दिन सक्ने देखिन्छ ।

वित्तीय विवरण प्रकाशन नगरेको तारागाउँ रिजेन्सीको तेस्रो त्रैमाशिक अवधिसम्मको वित्तीय विवरण भने सन्तोषजनक छ । यसले गर्दा यस वर्ष होटल समुहबाट तीन वटा सँग मात्रै लाभांशको अपेक्षा गर्न सकिन्छ । सोल्टी, ओरिएण्टल, चन्द्रागिरी हिल्स, कालिञ्चोक दर्शन र सिटी होटलले वित्तीय विवरण सार्वजनिक गरेका छन् । जस मध्ये सिटी होटल नोक्सानमा रहेको छ भने बाँकी मुनाफामा देखिएका छन् । 

कसको मुनाफा कति 

गत आर्थिक वर्षमा सोल्टी होटलले ८३ प्रतिशतले लाभांश सुधार गर्दै ५४ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । ओरिएण्टल होटल गएको वर्ष नोक्सानमा थियो भने यस वर्ष १७ करवड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । 

चन्द्रागिरी हिल्सले यस वर्ष मुनाफामा ठुलो छलाङ मार्दै १५ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । कालिञ्चोक दर्शनले पनि मुनाफामा धेरै नै सुधार गर्दै ३ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । सिटी होटल भने २७ करोड ३६ लाख रुपैयाँ नोक्सानमा छ । तेस्रो त्रैमाशिक अवधिसम्ममा तारागाउँ रिजेन्सीले २३ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । 

प्रतिशेयर आम्दानी 

गत आर्थिक वर्षमा सोल्टी होटलको प्रतिशेयर आम्दानी जम्मा ६ रुपैयाँ रहेको छ । त्यस्तै ओरिएण्टलको १५ रुपैयाँ, चन्द्रागिरीको ९ रुपैयाँ, कालिञ्चोक दर्शन ५ रुपैयाँ रहेको छ । सिटी होटलको प्रतिशेयर आम्दानी १६ रुपैयाँले ऋणात्मक छ । तेस्रो त्रैमाशिक अवधिमसम्मा तारागाँउको १२ रुपैयाँ छ । 

कसको आम्दानी कति 

पर्यटन व्यवसाय विस्तारै लयमा फर्किन थालेको छ । यसको प्रभाव होटल व्यवसायमा देखिएको हो । गत वर्ष अधिकाम्स होटलको मुनाफामा उल्लेख्य सुधार भएको छ । सोल्टी होटलको मुनाफा ६४ प्रतिशतले बढेर २ अर्ब २४ करोड पुगेको छ । त्यस्तै ओरिएण्टलको मुनाफा ९१ प्रतिशतले बढेर एक अर्ब ९ करोड रहेको छ । 

त्यस्तै चन्द्रागिरीले पनि यस वर्ष ३६ प्रतिशतले आम्दानी बढाउदै ९१ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । कालिञ्चोक दर्शनले ३६ प्रतिशतले बढाएर ७ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ । सिटी होटलको आम्दानी पनि १५० प्रतिशतले बढेर ४७ करोड ३१ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाशिक अवधिसम्ममा तारागाउँको आम्दानी ९० करोड ६१ लाख थियो । यस हिसावले होटल आम्दानी एक अर्ब नाघ्ने देखिन्छ । सूचिकृत ६ होटलले ५ अर्ब ७१ करोड भन्दा बढि रकम आम्दानी गरेका छन् । 

चुक्ता पूँजी

सूचिकृत ६ वटा होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरु मध्ये दुईवटाले गत वर्ष मात्रै सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेका हुन् । सूचिकृत होटल मध्ये सोल्टीको चुक्ता पूँजी ८ करोड ४७ लाख, तारागाँउको एक अर्ब ८८ करोड, ओरिएण्टलको एक अर्ब १२ करोड, चन्द्रागिरीको एक अर्ब ५३ करोड, कालिञ्चोकको ६० करोड र सिटि होटलको एक अर्ब ६७ करोड रहेको छ । 

जगेडा कोष 

विद्यमान जगेडा कोषकै आधारमा सम्बन्धित होटलले लाभांश दिन सक्छ या सक्दैन भनेर विश्लेषण गर्न सकिन्छ । सोल्टी होटलको जगेडा कोषमा एक अर्ब २१ करोड रहेको छ । यसले गर्द सोल्टीले सहजै लाभांश दिन सक्छ । तारागाँउको पनि जगेडामा ५१ करोड ३९ लाख रुपैयाँ छ । ओरिएण्टलको जगेडा कोष २० प्रतिशतले बढेर एक अर्ब ४ करोड छ । मुनाफामा देखिए पनि चन्द्रागिरीकव जगेडा कोषमा २३ करोड ४४ लाख ऋणात्मक छ । सिटी होटलको जगेडा कोष देखिदैन । 

सूचिकृत होटल तथा पर्यटन क्षेत्रका कम्पनी मध्ये चन्द्रागिरीको दीर्घकालिन कर्जा २ अर्ब २९ करोड छ । कालिञ्चोक दर्शनको पनि दीर्घकालिन कर्जा १३ करोड ६३ रुपैयाँ रहेको छ भने सिटी होटलको तीन अर्ब १२ करोड ९१ लाख रुपैयाँ छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया