Nepal Life

नुम्बुर हिमालय हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Oct 02 09:37
नुम्बुर हिमालय हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने
National Life

काठमाडौं। नुम्बुर हिमालय हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासनको प्रस्ताव पेश गर्न साधारण सभासमेत आह्वान गरेको छ।

Shikhar
NIMB

कम्पनीको सभा कात्तिक ७ गते बुधबार कम्पनीको रजिस्टर्ड कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेछ।

सभाले सञ्चालन समिति अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्षको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०-८१ को वासलात र सोही अवधिको नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका विविध विषयमा छलफ गरी पारित गर्ने एजेन्डा रहेको छ साथै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।
 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया