नुम्बुर हिमालय हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने

  • BFIS News
  • 2024 Oct Wed 09:37
नुम्बुर हिमालय हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने

काठमाडौं। नुम्बुर हिमालय हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासनको प्रस्ताव पेश गर्न साधारण सभासमेत आह्वान गरेको छ।

कम्पनीको सभा कात्तिक ७ गते बुधबार कम्पनीको रजिस्टर्ड कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेछ।

सभाले सञ्चालन समिति अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्षको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०-८१ को वासलात र सोही अवधिको नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका विविध विषयमा छलफ गरी पारित गर्ने एजेन्डा रहेको छ साथै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।
 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया