Nepal Life

शेयर बजारमा ५६.०९ अंकको उछाल सँगै कारोबार रकममा बृद्धि, फाइनान्सका शेयरधनी मालामाल

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 15:07
शेयर बजारमा ५६.०९ अंकको उछाल सँगै कारोबार रकममा बृद्धि, फाइनान्सका शेयरधनी मालामाल
Sanima Reliance

काठमाडौं । तिव्र गतिमा उतारचढाव भइरहेको शेयर बजारमा आज ५६ अंक भन्दा धेरैले सुधार देखिएको छ । दशै अगाडी शेयर बजार घट्ने अनुमान गरिदै आएकोमा आज उल्टै ठुलो अंकले सुधार भएको छ । पछिल्ला दिनमा शेयर बजार लगानीकर्ताले सोचे भन्दा फरक ढङ्गबाट तलमाथि भइरहेको छ । 

NIMB

नेप्से सूचक ३ हजारबाट २४ सय अंकसम्म तल झर्दा लगानीकर्ताहरु आत्तीएका थिए । एक दिन भारी अंकले बढेको शेयर बजार भोलिपल्ट नसोचेको घट्छ । यसले गर्दा कारोबार रकममा उल्लेख्य सुधार हुन सकिरहेको छैन । आज नेप्से सूचक ५६.०९ अंकले सुधार हुँदा ६ अर्ब १३ करोडको भएको छ । 

यस भन्दा अगाडि शेयर बजार २२ सयबाट उकाल्लो लाग्दा ६ अर्ब भन्दा माथि कारोबार भएको थियो । अर्थात २२ सय भन्दा तल हुँदा ६ अर्ब कारोबार नाघ्न सकेको छैन । यस पटक पनि नेप्से सूचक २४ सयलाई सबैभन्दा तल्लो विन्दु बनाएर सुधारको लयमा अगाडी बढेको छ । यहि गतिमा कारोबार बढ्दै गयो भने बजारले फेरि अर्को नयाँ विन्दु तय गर्ने निश्चित छ । 

आज सबैभन्दा धेरै फाइनान्सका शेयरधनीले कमाएका छन् । फाइनान्सको सूचक मात्रै ६.३० प्रतिशतले सुधार भएको छ । अधिकाम्स फाइनान्सको सूचक ९ प्रतिशत भन्दा धेरैले सुधार भएको छ । आज बाणिज्य बैंकको सूचकमा पनि राम्रै सुधार देखिएको छ । आज बाणिज्य बैंकको सूचक ३२ अंकले बढेको छ । यस बाहेक विकास बैंक, उत्पादन तथा प्रशोधनमुलक कम्पनीको शेयर मूल्यमा पनि राम्रो सुधार भयो । २१९ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा २३ वटाको मूल्य भने घटेको छ । 

नेप्से सूचक २६५३ अंक पुग्दा आज मात्रै २.१५ प्रतिशतले बृद्धि भयो । आजसम्म शेयर बिक्री गर्नेले दशै अगाडी शेयरको पैसा पाउन सक्छन् तर ब्रोकरले आजबाट बिक्री गरेको शेयरको पैसा शेयरधनीको खातामा पठाउने सम्भावना एकदमै कम छ । प्रायः ब्रोकरले आफुले तिर्नु पर्ने रकम सकेसम्म छिटो दिदैनन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार