Nepal Life

राष्ट्र बैंकले लाभांशमा कडाइ गर्दा हच्किए लगानीकर्ता, दशै पछिको माहोल हेरेर मात्रै रणनीति तय गर्ने सोचले कारोबार रकम घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 15:11
राष्ट्र बैंकले लाभांशमा कडाइ गर्दा हच्किए लगानीकर्ता, दशै पछिको माहोल हेरेर मात्रै रणनीति तय गर्ने सोचले कारोबार रकम घट्यो
Sanima Reliance

काठमाडौं । आज दशै विदाको अन्तिम कारोबारमा नेप्से सूचक कारोबार रकम दुबै सुस्ताएको छ । कारोबार अवधिभर तिव्र उतारचढाव दिएकोमा अन्तिम समयमा झिनो अंकले मात्रै सुधार भएर बन्द भएको छ । 

NIMB

बुधबार नेप्से सूचक ४.८५ अंकले बढे पनि कारोबार रकम भने तीन अर्ब ७६ करोडमा सिमित भएको छ । आज १३० वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने १०२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज नगद लाभांश घोषणा गरेको सानिमा बैंकको शेयर मूल्य १५ रुपैयाँले घटे पनि सर्वाधिक धेरै कारोबार भएको छ । मिडसोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थ्रि स्टार हाइड्रोपावरको नकारात्मक सर्किट लागेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार जारी गर्नेको एकिकृत निर्देशनबाट पनि लगानीकर्ता हच्किएका छन् । खराव कर्जा गणनादेखि लिएर शेयर धितो कर्जामा गरेका केहि नीतिगत परिवर्तनले बजारमा असर पुर्याएको हो । राष्ट्र बैंकले ०.५ प्रतिशत भन्दा धेरै शेयर हिस्सा धारण गरेका लगानीकर्ताले सोहि बैंक वित्तीय संस्थाबाट शेयर धितोमा राखेर कर्जा लिन नपाउने व्यवस्था गरिदिएको छ । यसले पनि केहि हदसम्म बजारमा नकारात्मक असर पुर्याएको छ । यद्दपी उक्त शेयर अन्य बैंक वित्तीय संस्थामा धितोमा राखेर कर्जा लिन कुनै रोक भने लगाइएको छैन । 

अव दशै पछि मात्रै शेयर बजार खुल्नेछ । दशै पछिको राजनीतिक माहोल तथा आर्थिक अवस्थाले पनि शेयर बजारको आगामी दिशा तय गर्ने विश्लेषकहरु बताउछन् । यदि यहि राजनीतिक समिकरण बलियो भइरह्यो भने बजारले गतिलिनेमा कुनै दुई मत छैन । त्यसमा पनि अव बैंकहरुको कर्जा प्रवाह हुन सुरु हुनेछ । त्यस पछिको तरलताको अवस्थाले पनि शेयर बजारमा केहि हदसम्म प्रभाव पार्न सक्नेछ । 

अर्को तर्फ पहिलो त्रैमाशको ह्याङओभर सकिएको हुँदा कार्तिक पहिलो र दोस्रो साता शेयर बजारले गति लिने सम्भावना पनि उच्च छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार