Nepal Life

सरकार परिवर्तन हुँदैन भन्ने ओलीको भनाइमा लगानीकर्ताको अविश्वास, ३८ अंकले बढिसकेको बजारमा २.४७ ले मात्रै बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 15:29
सरकार परिवर्तन हुँदैन भन्ने ओलीको भनाइमा लगानीकर्ताको अविश्वास, ३८ अंकले बढिसकेको बजारमा २.४७ ले मात्रै बढ्यो
Sanima Reliance

काठमाडौं । सरकार गठन पछि गठबन्धनको विषयमा केहि पनि नबोलेका केपि शर्मा ओलीले हिजो नेपाल प्रहरीको वार्षिकोत्सवको विशेष समारोहमा संबोधन गर्दै अहिलेको गठबन्धनको विषयमा बोले पनि लगानीकर्ताले पनि अविश्वास गरेका छन् । 

NIMB

केहि समयदेखि अहिलेको सत्ता समिकरण दशैसम्म मात्रै रहेको भन्दै आरोप लगाउदै आइरहेका थिए । केपि ओलीले यसो भन्नेहरुलाई पनि हिजो जवाफ फर्काएका थिए । तर उनले यसो भन्दै गर्दा भित्र भित्र केहि न केहि भइरहेको छ भन्ने भन्ने कुराको भने संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भित्र एक थोक भयो भने बाहिर अर्को थोक भनेर जवाफ फर्काउने गर्छन् । उनको बाक चतुर्याइलाई पनि ठम्याउन गाह्रो पर्छ । 

पछिल्लो समय नेपालको शेयर बजारलाई आर्थिक पाटोले भन्दा पनि राजनीतिक गतिविधिले सबैभन्दा धेरै प्रभाव पार्दै आइरहेको छ । सरकार भित्रका आन्तरिक कलहको प्रतिविम्ब शेयर बजारमा देखिने गरेको छ । 

साताको अन्तिम दिन नेप्से सूचक २.४७ अंकले सुधार भएर बन्द भएको छ । कारोबार रकम भने ७ अर्ब १९ करोडको भएको छ । आज अधिकाम्स समय बजार हरियो देखियो । सोहि क्रममा २७८० अंकसम्म बढ्यो । तर अन्तिम समयमा २७४५ अंकमा बन्द भयो ।

आज उच्च कारोबार गर्ने  कम्पनी 

👉️कुमारी बैंकः ३३ करोड १३ लाख रुपैयाँ

👉️एचआईडीसीएलपीः २६ करोड ६२ लाख रुपैयाँ

👉️हिमालयन रिइन्स्योरेन्सः २० करोड २३ लाख रुपैयाँ

👉️ङादी ग्रुप पावरः १८ करोड ५६ लाख रुपैयाँ

👉️गुडविल फाइनान्सः १८ करोड ३९ लाख रुपैयाँ

👉️नेपाल एसबीआई बैंकः १८ करोड १९ लाख रुपैयाँ

👉️साहस ऊर्जाः १५ करोड ९८ लाख रुपैयाँ

👉️शिवम सिमेन्टः १५ करोड ९३ लाख रुपैयाँ

👉️निफ्राः १४ करोड ७२ लाख रुपैयाँ

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया