Nepal Life

४७.४४ अंकले घट्यो नेप्से, ८ अर्ब १८ करोडको कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Sun 15:56
४७.४४ अंकले घट्यो नेप्से, ८ अर्ब १८ करोडको कारोबार
Shikhar detail

काठमाडौँ । साताको पहिलो दिन नेप्से ४७.४४ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १.७२ प्रतिशतले घटेर २६९७.९१ विन्दुमा बन्द भएको हो ।

NIMB

दसैं बिदापछि खुलेको सेयर बजार ४ कारोबार दिन यता लगातार बढेको थियो । तर पाँचौ कारोबार दिनमा भने दोहोरो अंकले घट्यो ।

आज १८ कम्पनीको सेयर मूल्य बढ्यो भने २२६ कम्पनीको मूल्य घट्यो । कुल २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर किनबेच भए ।

आज ८८ हजार ७१४ पटकको सेयर किनबेचबाट ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ । कुल १३ उपसमूहमध्ये म्युचअल फन्ड स्थिर रह्यो भने अन्य सबै उपसमूह घटे ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार