Nepal Life

दशै अगाडीको सुधारमा रवि लामिछाने बने करेक्सनको कारक, २८० अंकको सुधारमा १०४ अंकको गिरावट

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Mon 15:18
दशै अगाडीको सुधारमा रवि लामिछाने बने करेक्सनको कारक, २८० अंकको सुधारमा १०४ अंकको गिरावट
National Life

काठमाडौं । दशै अगाडी २८० अंक भन्दा धेरैले सुधारिएको बजारमा रवि लामिछाने करेक्सनको कारक बनेका छन् । विगत एक महिनादेखि शेयर बजारमा लगातार सुधार देखिएको थियो । दशै अगाडी बजार घट्ने अनुमान गरिएकोमा उल्टै बढ्यो ।

NIMB

बजार घट्नुको कारण बाहिर देख्दा राजनीति भए पनि भित्रि कारण करेक्सन भएको बजार विश्लेषक सुवास चन्द्र ढुङ्गाना बताउछन् । उनले भने 'बजार घट्नुमा राजनीतिक कारण त्यति दमदार छैन । बरु दशै अगाडी शेयर खरिद गर्नेहरुको सेटलमेन्ट भने देखिन्छ ।'

दशै अगाडी कारोबार रकम पनि राम्रै बढिरहेको थियो । ब्रोकरले लगानीकर्तालाई कारोबार सेटलमेन्ट गर्न दवाव दिए सँगै बजार करेक्सन सुरु भएको विश्लेषकहरु बताउछन् । यस भन्दा अगाडी नेप्से सूचक ३ हजार पुगेर तल झर्दा पनि ब्रोकरले कारोबार सेटलमेन्ट गर्न दवाव दिदा पहिरो झरेको थियो ।

यस्तो समयमा प्रायः राजनीतिक गतिविधिलाई लगानीकर्ताले बहाना बनाउछन् । अहिले पनि रास्वपा सभापति रवि लामिछानेलाई सरकारले सहकारी ठगी प्रकरणमा पक्राउ गरे सँगै राजनीतिक समिकरणमै केहि हुने हो कि भन्ने आशंका देखाउदै ब्रोकरले कारोबार सेटलमेन्ट गराउन दवाव दिन थालेका हुन् ।

बजार विश्लेषकहरुका अनुसार दशै अगाडीको सुधारमा करेक्सन आवश्यक थियो त्यो अहिले भइरहेको छ । पछिल्लो समय बजारमा प्राविधिक विश्लेषणमा विश्वास गर्ने र सोहि आधारमा आफ्नो कारोबार अगाडी बढाउने लगानीकर्ताको हाबी छ । यस सँगै टेक्निकल्ली बजार घट्ने वा बढ्ने संकेतमा पनि ठुलो उतारचढाव देखिने गरेको छ ।

घट्छ भन्ने वित्तीकै सबै जना बिक्री गर्न खोज्ने र बढ्छ भन्ने संकेत पाउना साथ सबै जना बिक्री गर्न हौसिने प्रवृत्तीले पनि बजारमा अस्वभाविक उतारचढाव देखिएको ढुङ्गाना बताउछन् । यसले गर्दा बजारमा झ्याप्पै घट्ने तथा झ्याप्पै बढ्ने ट्रेण्ड बढेको छ । यसले गर्दा हिजो आइतबार ४७ अंकले घटेकोमा आज पनि ५७.९९ अंकले बढ्दा बजार अल्पकालिन वियरिस ट्रेण्डमा देखिएको प्राविधिक विश्लेषकहरु बताउछन् । दुई दिनको करेक्सन हेर्दा अव बजारमा २५७५ को विन्दुमा स्ट्रङ आधारदेखिएको विश्लेषकहरु बताउछन् । त्यसैले अव लगानीकर्ताले २५७५ को विन्दुलाई एकदमै नजिकबाट नियाल्नु पर्ने विश्लेषकहरुको सुझाव छ ।

लगानीकर्ताले कार्तिक महिनालाई बढि चनाखोका साथ हेरिरहेका हुन्छन् । राष्ट्र बैंकले पहिलो त्रैमाशिक मौद्रिक समिक्षा गर्ने तथा बैंक वित्तीय संस्थाले आफ्ना रणनीतिलाई दोस्रो त्रैमाशमा कार्यान्वयन गराउन खोज्ने भएकाले भोलिको अवस्था कस्तो हुन्छ भन्ने कुराको पिक्चर आउन सकिरहेको हुँदैन । यसले गर्दा प्राय कार्तिक महिनामा शेयर बजार घट्ने गर्छ । यदि बजार अनुकुलका नीति आए भने बजारले पक्कै पनि रियाक्ट गर्नेछ । तिहारसम्म बजार करेक्सनको तहमा गए पनि तिहार पछि भने बजारमा पुन सुधारको लयमा फर्किने विश्लेषकहरुको विश्लेषण छ ।

सोमबार नेप्से सूचक ५७.९९ अंकले घटेर २६३९.९२ अंकमा झरेको छ । कारोबार रकम ५ अर्ब ९० करोडको भएको छ । कारोबार रकमले साथ दिएको छ । कारोबार रकम ड्राइ भयो भने मात्रै लगानीकर्ताहरुले सोच्नु पर्ने अवस्था आउने होइन भने खासै जोखिम नहुने ढुङ्गाना बताउछन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार