Nepal Life

थ्रिस्टार हाइड्रोपावरको सत प्रतिशत हकप्रद शेयर घोषणा, कर्जा तिर्नुका साथै नयाँ आयोजनामा लगानी गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 10:34
थ्रिस्टार हाइड्रोपावरको सत प्रतिशत हकप्रद शेयर घोषणा, कर्जा तिर्नुका साथै नयाँ आयोजनामा लगानी गर्ने
Sanima Reliance

काठमाडौं । थ्रिस्टार हाइड्रोपावर कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ । कम्पनीको यहि कार्तिक ५ गते सोमबार दिनको साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

NIMB

कम्पनीले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगमा पूर्व स्वीकृतिका लागि निवेदन दिने निर्णय गर्ने भएको छ ।

उक्त हकप्रद शेयर निष्काशनबाट प्राप्त रकम मध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणका लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने र बाँकी रहेको १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्धारा निर्माणाधिन ९ मेगावाटको माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजनाका लगि स्वपूँजीमा लगानी गर्ने भएको छ ।

विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त भए पश्चात कम्पनीको आगामी साधारण सभामा अनुमोदनको लागि पेश गर्ने निर्णय समेत गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया