Nepal Life

यि हुन् लगानीकर्ताले सर्वाधिक रुचाएका १० कम्पनी

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Tue 15:26
यि हुन् लगानीकर्ताले सर्वाधिक रुचाएका १० कम्पनी
National Life

काठमाडौं । मंगलबार नेप्से सूचक २५ अंकले सुधार हुँदा ४ अर्ब १७ करोडको कारोबार भयो । जस मध्ये सर्वाधिक धेरै गुडविल फाइनान्सको कारोबार भएको छ । गुडविल फाइनान्सको मात्रै १७ करोड ३२ लाखको खरिद बिक्री भयो । कम्पनीको शेयर मूल्य ८ रुपैयाँले मात्रै सुधार भएर १०४५ रुपैयाँ कायम भएको छ । 

NIMB

दोस्रो धेरै कुमारी बैंकको १३ करोड ८० लाखको खरिद बिक्री भएको छ । विगत धेरै लामो समयदेखि कुमारी बैंक सबैभन्दा धेरै कारोबार हुने सूचीमा पर्दै आएको छ । शेयर मूल्य २४० रुपैयाँ मात्रै छ । 

तेस्रो धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स रहेको छ । कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने योजनाले पनि लगानीकर्ता कम्पनीको शेयरमा आकर्षित भएका हुन् । कम्पनीको शेयर मूल्य ८६५ रुपैयाँमा झरेको छ । 

चौथो धेरै कारोबार पिपुल्स पावरको भएको छ । कम्पनीको १० करोड ९९ लाखको खरिद बिक्री भएको छ । शेयर मूल्य ४७५ रुपैयाँ छ । पाँचौ नम्बरमा रहेको नेपाल एसबिआइ बैंकको ८ करोड ९३ लाखको कारोबार भएको छ । बैंकले निकट भविष्यमै लाभांश घोषणा गर्दैछ यसले गर्दा पनि लगानीकर्ताको रोजाइमा परेको हो । शेयर मूल्य ४८८ रुपैयाँ छ । 

छैठो नम्बरमा रहेको हिमालयन डिष्ट्रिलरीको ७ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । शेयर मूल्य १३७४ रुपैयाँ छ । गएका वर्षमा सर्वाधिक आकर्षणमा परेको यस कम्पनीले हरेक वर्ष बोनस दिदा दिदै ओभर भ्यालु भइसकेको छ । 

शिवम सिमेन्ट पनि लगानीकर्ताको सर्वाधिक रोजाइमा पर्दै आइरहेको छ । यसले पनि लाभांश घोषणा गर्न बाँकी छ । दोस्रो बजारमा ६०७ रुपैयाँ शेयर मूल्य रहेको यसको ६ करोड ७३ लाखको खरिद बिक्री भएको छ । 

लगानीकर्ताको रोजाइमा परेको ङादी ग्रुपको पनि ६ करोड १२ लाखको कारोबार भएको छ । ४७४ रुपैयाँमा कारोबार भइरहेको यो ८ औं नम्बरमा परेको छ । 

नवौ नम्बरमा रहेको हाथवे इन्भेष्टमेन्टको ६ करोड १२ लाखको कारोबार भएको छ । आजसम्म शेयर किन्नेले यसको १० प्रतिशत बोनस शेयर पाउने छन् । आज १४३९ रुपैयाँमा कारोबार भएकोमा भोलि मूल्य समायोजन भएर तल झर्नेछ । 

१० औं नम्बरमा रहेको एचआइडिसिएलको प्रमोटर शेयरको पनि ६ करोड ७ लाखको कारोबार भएको छ । यसको शेयर मूल्य १८५ रुपैयाँ मात्रै छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया