Nepal Life

नेप्सेको बृद्धि एक दिन पनि टिक्न सकेन, सर्टट्रम वियरिस मुडलाई तोड्ने प्रयास गर्दै: कारोबार रकमको सपोर्ट

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Thu 15:15
नेप्सेको बृद्धि एक दिन पनि टिक्न सकेन, सर्टट्रम वियरिस मुडलाई तोड्ने प्रयास गर्दै: कारोबार रकमको सपोर्ट
National Life

काठमाडौं । नेप्सेको बृद्धि दुई दिन पनि टिक्न नपाइ सर्ट ट्रम वियरिस देखिएको छ । दशै भन्दा अगाडीदेखि २४० अंक भन्दा माथिको सुधार हुँदा लगानीकर्ता हौसिएका थिए । तर गएको आइतबार र सोमबार दैनिक ५० अंक भन्दा तल झर्दा बजार सर्ट ट्रम वियरिस देखिएको थियो । तर मंगलबार भने सुधार देखियो । 

NIMB

मंगलबारको सुधारले बुधबार निरन्तरता पाउन सकेन । साताको अन्तिम दिनमा पनि बजार १८.२५ अंकले घटेर बन्द भयो । यस साता मात्रै नेप्से सूचक ११३ अंकले घट्यो । अहिलेको सर्ट ट्रम बियरिस मुभमेन्टम २५७५ अंक हाराहारीमा आएर फर्किने विश्लेषण गरेका छन् । बजार घट्नु पर्ने यथेष्ट कारण नभए पनि राजनीतिक संक्रमण र सुस्त आर्थिक गतिविधिले प्रभाव पारिरहेको विश्लेषकहरु बताउछन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनिएको घटनाले राजनीतिक बृत्त तरङ्गित छ । तरल राजनीतिक पृष्ठभुमीले पनि लगानीकर्तालाई त्रसिद बनाइरहेको छ । यसका अलावा बैंक वित्तीय संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण सन्तोषजनक नै छ । राष्ट्र बैंकले दिएको रिल्याक्सेसनले राम्रो नाफा देखिए पनि खराव कर्जाको अवस्था नाजिक अवस्थामै देखिन्छ । यसले अझै पनि अर्थतन्त्र ट्र्याकमा आउन बाँकी रहेको आभास गराउछ । 

साताको अन्तिम दिन नेप्से सूचक १८.२५ अंकले घटेर २६२७.१४ अंकमा झरेको छ । कारोबार रकम भने ५ अर्ब ४१ करोड रहेको छ । कारोबार रकमले बजारलाई केहि सकारात्मक संकेत गर्दैछ । यसका अलावा अधिकाम्स कम्पनीको शेयर मूल्यमा राम्रै गिरावट देखिन्छ । आज सर्वाधिक धेरै नेपाल एसबिआइ बैंकको शेयर मूल्यमा सुधार देखिएको छ भने सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्स कम्पनीको भएको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार