Nepal Life

शेयर बजार २५ सयको लाइनमा झर्यो, अफ सिजन सँगै सूचक र कारोबार रकम घट्यो, नयाँ लगानीमा अवसर

National Life
  • BFIS News
  • 2024 Dec Thu 15:12
शेयर बजार २५ सयको लाइनमा झर्यो, अफ सिजन सँगै सूचक र कारोबार रकम घट्यो, नयाँ लगानीमा अवसर
RBB

काठमाडौं । शेयर बजार २५ सयको लाइनमा झरेको छ । बजारमा अफ सिजन लागे सँगै कारोबार रकम र सूचक दुबैमा गिरावट देखिएको हो । नेप्से सूचक ३१.४३ अंकले झरेर २५९६.८२ अंकमा झरेको हो । 

NIMB

आज सम्पुर्ण सूचक तथा उपसूचक तल झरेका छन् । २११ वटा कम्पनीको शेयर मूल्य घट्दा २९ वटाको बढेको छ । विगत तीन महिनाको मुभमेन्टलाई हेर्ने हो भने बजार २४६४ अंकसम्म तल झरेर २७७५ अंकसम्म पुगेको छ । अहिले यसबाट पनि तल झरेर २५९६ अंकसम्मा झरेको हो । अवको केहि समय बजार २४ सयको लाइनमा झरेर फर्कियो भने पनि अहिले शेयर किन्नेले समेत जित्नेछन् । तर पनि भोलि कतिसम्म तल झर्ने हो भन्ने शंका सँगै लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । 

शेयर बजारमा घट्दा लगानीकर्ताले अवश्य पनि गुमाउछन् । यस सँग सँगै जो सँग क्यास छ उनिहरुका लागि बजारले अवसर प्रदान गर्दैछ । बजार पछिल्लो समय तीन तीन महिनामा उतारचढाव भइरहेको छ । यो उतारचढाव ३ सय अंक भन्दा माथि भइरहेको छ । यसले बजारमा ट्रेडिङ गर्नेलाई राम्रो अवसर प्रदान गर्दै आइरहेको छ । यस अवधिमा जसले बिक्री गर्न सक्यो उसैले बजारबाट पैसा लगिरहेको छ । जसले लगानीमात्रै गरिरहेको छ उसको पोर्टफेलियोमा भने खासै सुधार छैन । यसले गर्दा ट्रेडरले बजारबाट राम्रो पैसा बनाइरहेका छन् । 

अवको एक महिनामा जसले राम्रो उचारचढाव हुने कम्पनी खरिद गर्न सक्छ उसैले पैसा बनाउने निश्चित छ । अर्को तर्फ ट्रेडरले कुन कम्पनी कतिवेला चलाउछ भन्ने निश्चित छैन । यदि आफुले खरिद गरेको कम्पनीमा ट्रेडरले खेल्न थाले भने त्यो कम्पनी बिक्री गरेर बाहिरिनु सबैभन्दा उत्तम निर्णय हुन सक्छ । ताकी बढेको समयमा राम्र पैसा लिएर अर्को कम्पनीमा लगानी गर्ने अवसर मिल्छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया