Nepal Life

प्रिमियममा शेयर जारी गरेको घोराही सिमेन्टले शेयरको भाउ बढाउन घोषणा गर्यो ७५ प्रतिशत हकप्रद

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Sun 11:31
प्रिमियममा शेयर जारी गरेको घोराही सिमेन्टले शेयरको भाउ बढाउन घोषणा गर्यो ७५ प्रतिशत हकप्रद
National Life

काठमाडौं । प्रिमियममा शेयर जारी गरेर पनि खासै आकर्षक लाभांश वितरण गर्न नसकेको घोराहीले दोस्रो बजारबाट शेयर मूल्य बढाउन हकप्रदको फण्डा ल्याएको छ ।
 

NIMB

कम्पनीले यस वर्ष लाभांश समेत दिने घोषणा गरेको छैन । गएको वर्ष १५ प्रतिशत बोनस शेयर दिए पनि यस वर्ष शेयरधनीको हात खाली हुनेछ । यसरी लाभांश नदिदा कम्पनीको शेयर मूल्य बढ्न सकेको छैन । 

शेयर मूल्य बढाउन घोराहीले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले १० बराबर ७.५ को सेयर अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव पेश गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा दाङ, घोराही उप.न.पा-१५ मा होटल पौवामा बिहान ९ बजे सुरु हुनेछ ।

लगानीकर्ता झुक्याउदै कम्पनीले लेखापरीक्षणमै तोडमोड गरेर प्रिमियममा शेयर जारी गरेको थियो । अहिले आएर कम्पनीको लाभांश हेर्दा कम्पनीको तोडमोड प्रष्ट देखिन्छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया