Nepal Life

गार्डियन माइक्रो लाइफको आइपिओ आजदेखि बिक्री खुला, एक लाख ८४ हजार ५०० ले पाउने आइपिओमा कति दिने आवेदन ?

NMB Bank
  • BFIS News
  • 2025 Jan 05 05:51
गार्डियन माइक्रो लाइफको आइपिओ आजदेखि बिक्री खुला, एक लाख ८४ हजार ५०० ले पाउने आइपिओमा कति दिने आवेदन ?
United Ajod

काठमाडौं । लघु बीमा कम्पनीहरु मध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा पहिला आइपिओ निष्काशन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो।

त्यसैगरी, कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर म्युचुअल फण्डहरूलाई छुट्याएको छ।

कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।

उक्त आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले निष्काशन गरेको शेयर एक लाख ८४ हजार ५०० जनाले मात्रै पाउने छन् । जवकी पछिल्लो समय माहुली लघुवित्तले निष्काशन गरेको आइपिओमा १६ लाख ९२ हजारले आवेदन दिएका थिए । यसमा पनि यहि अनुपातमा आवेदन पर्यो भने १४ लाख भन्दा धेरैको हात खालि हुने निश्चित छ । यसले गर्दा कम्तिमा पनि १० कित्ता भन्दा बढिको आवेदन दिनु उपयुक्त छैन ।  

कम्पनीको आइपिओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि माघ ६ गतेसम्म लम्बिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी माइनस इस्युअर' रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया