Nepal Life

जस्मिन पेन्ट्सले आधार मूल्यमै ५ लाख कित्ता आइपिओ निष्काशन गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2025 Jan Mon 18:41
जस्मिन पेन्ट्सले आधार मूल्यमै ५ लाख कित्ता आइपिओ निष्काशन गर्दै
National Life

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले आधार मूल्यमै ५ लाख कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटलालाई नियुक्त गरेको छ । 

NIMB

जस्मिन पेन्ट्स लिमिटेडले प्रति शेयर अंकित मुल्य रु.१००/– दरका ५,००,००० कित्ताले हुन आउने रकम रु.५,००,००,०००÷– (अक्षरुपी पाँच करोड मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

उक्त क्रममा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्षदेखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको छ ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार