Nepal Life

गार्डियन माइक्रोको आईपीओमा तेस्राे दिनसम्ममा १०.८३ गुणा बढीकाे आवेदन

NMB Bank
  • BFIS News
  • 2025 Jan 07 18:21
गार्डियन माइक्रोको आईपीओमा तेस्राे दिनसम्ममा १०.८३ गुणा बढीकाे आवेदन
United Ajod

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा १४ लाख भन्दा धेरैकाे आवेदन परेको छ। कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा तेस्राे दिनसम्ममा  १०.८३ गुणा बढी आवेदन परेको छ। 

Shikhar
Nepal Life
NIMB

सीडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा १४ लाख ९२ हजार ७६९ जनाले कम्पनीको आईपीओका लागि माग गरेका छन् ।

आजसम्ममा कम्पनीको आईपीओमा एक अर्ब ९९ कराेड ९१ लाख ८९ हजार रूपैयाँ बराबरकाे एक कराेड ९९ लाख ९१ हजार ८९० कित्ता शेयरका लागि आवेदन परेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा छिटोमा पुस २४ गते, अथवा भाेलिसम्म आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया