Nepal Life

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, माग भन्दा १० गुणा बढिको आवेदन

NMB Bank
  • BFIS News
  • 2025 Jan 08 08:31
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, माग भन्दा १० गुणा बढिको आवेदन
United Ajod

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपिओ आजदेखि बिक्री बन्द हुने भएको छ । माग भन्दा १० गुणा बढि आवेदन परे सँगै कम्पनीले पहिलो चरणमै आजदेखि निष्काशन बन्द गर्ने भएको हो । लगानीकर्ताले आज साझ ५ बजेसम्म मात्रै आवेदन दिन सक्ने छन् । 

Shikhar
Nepal Life
NIMB

सीडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा १४ लाख ९२ हजार ७६९ जनाले कम्पनीको आईपीओका लागि माग गरेका छन् ।

हिजोसम्ममा कम्पनीको आईपीओमा एक अर्ब ९९ कराेड ९१ लाख ८९ हजार रूपैयाँ बराबरकाे एक कराेड ९९ लाख ९१ हजार ८९० कित्ता शेयरका लागि आवेदन परेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया