अझै सकिएन साइडवेजको प्रभाव: मौका कुरेर बसेकाले उठाउन थाले, १८ अंकले घट्दा ७ अर्ब ३० करोडको कारोबार
- BFIS News
- 2025 Jan Thu 15:07
काठमाडौं । शेयर बजारमा अझै पनि साइडवेजको प्रभाव हट्न सकेको छैन । यस क्रममा बजारले अझै पनि शक्ति सञ्चित गरिरहेको विश्लेषकहरु बताउछन् । साताको अन्तिम दिन आज नेप्से सूचक १८ अंकले घट्यो । केहि दिनदेखि लगातार बढिरहेको शेयर बजारमा अल्पकालिन लगानीकर्ता भन्दा पनि सशंकित राजनीतिक वातावरणले ठुलो प्रभाव पारिरहेको छ ।
ठुला राजनीतिक दलका शिर्ष नेताहरुको गतिविधिले पनि बजारमा राम्रै प्रभाव पारेको देखिन्छ । कतिवेला सरकार ढल्ने हो पत्तो नभएको भन्दै बजारमा चर्चा चलिरहेको छ । केहि दिन अगाडी नेपाली कांग्रेजका सभापती शेर बहादुर देउवा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा हिजो मात्रै एमाले अध्यक्ष केपि शर्मा वली र माओवादीका अध्यक्ष प्रचण्डको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ । यहि परिदृय्यले गर्दा आज शेयर बजारमा नराम्रो प्रभाव पार्यो ।
बजार घटेको मौकामा लगानीकर्ताले आज राम्रै शेयर उठाए । नेप्से सूचक १८.१४ अंकले घटे पनि कारोबार रकम भने ७ अर्ब ३० करोडको भयो । कारोबार रकमले पनि बजारमा आगामी दिनमा राम्रै मुभमेन्ट आउने सम्भावना देखाउछ । आज ५५ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिए पनि १८० वटा कम्पनीको शेयर मूल्य घट्यो । बाराही हाइड्रोपावर तथा हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको छ ।
प्रतिक्रिया