टिएमएसमा आएको समस्या प्रति लगानीकर्ताको ध्यानाकर्षण, तथ्याङ्क असुरक्षित भएको गुनासो
- BFIS News
- 2025 Jan Mon 09:52
काठमाडौं । लगानीकर्ताका संघ संघठनले नेपाल स्टक एक्सचेन्जको प्रणालीमा देखिएको खरावीको कारणले टिएमएसमा आएको समस्याप्रति गम्भिर ध्याकर्षण गराएका छन् ।
नेपालको पूँजीबजार सञ्चालन गर्ने एकमात्र स्टक एक्सचेन्जले सञ्चालन गर्दै आएको सर्भरमा समस्या आउदा हिजो आइतबार टिएमएसमा समस्या आउदा कारोबार प्रभावित भएको थियो । यसै सन्दर्भमा जनरल इन्भेष्टर एसोसियसनका अध्यक्ष दिपक कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जि.सीले संयुक्त रुपमा प्रेश विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।
टिएमएस सर्भर नै डाउन हुँदा कारोबार समयमा लगानीकर्ताले शेयर खरिद बिक्री गर्न पाएका थिएनन् । यसले एकातिर आम समुदायमा सरकारले चलाउने सिस्टम कति भरपर्दो छ भन्ने कुरा पुष्टी गरेको भन्दै लगानीकर्ताले पटक पटक सिस्टमको खराबीले कारोबार रकममा संकुचन हुन गई सरकारले करोडौको राजस्व समेत गुमाएको लगानीकर्ताले जनाएका छन् ।
यस सम्बन्धमा लगानीकर्ताहरुको संगठनहरुबाट विगतमा पटक पटक समस्याको बारेमा अवगत गराउँदा समेत नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड एवं अर्थमन्त्रालयबाट गम्भीरताका साथ चासो नदिनु अत्यन्तै खेदजनक भएको लगानीकर्ताले उल्लेख गरेका छन् । नेपाल स्टक एक्सचेन्जले आफ्नो सिस्टममा पटक पटक खराबी आउदा समेत चासोपूर्वक समाधान गर्ने ठोस कार्य नगरेको र आम लगानीकर्ताहरुको ४५ खर्ब भन्दा माथिको सम्पत्तीको लेखा राख्ने सिस्टममा यस प्रकारको खराबीले आम लगानीकर्ताको सम्पत्तीको तथ्याङ्क कति सुरक्षित छ भन्ने प्रश्न चिन्न खडा भएको लगानीकर्ताले उल्लेख गरेका छन् ।
यस सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय, धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्ज लगायत सम्पूर्ण सरोकारवालाहरुमा गम्भीर ध्यानकर्षण गराएका हुन् । आगामी दिनमा यस प्रकारका समस्याहरु नदोर्याउन र तत्काल समस्याको समाधान गर्न लगानीकर्ताले माग राखेका छन् ।
प्रतिक्रिया