Nepal Life

शेयर बजारमा एकाएक सुधारले हौसिए लगानीकर्ता, ५२ अंकको बृद्धि सँगै ९ अर्ब २० करोडको कारोबार, सुधारले पाउला निरन्तरता ?

National Life
  • BFIS News
  • 2025 Jan Wed 15:11
शेयर बजारमा एकाएक सुधारले हौसिए लगानीकर्ता, ५२ अंकको बृद्धि सँगै ९ अर्ब २० करोडको कारोबार,  सुधारले पाउला निरन्तरता ?
RBB

काठमाडौं । शेयर बजारमा लगातारको गिरावट पछि आज एकाएक आएको सुधारले लगानीकर्ता हौसिएका छन् । साविकका दिनमा भन्दा आज कारोबार रकम झण्डै दोब्बरले बृद्धि भएको छ । 

NIMB

कारोबार रकमले आगामी दिनमा पनि बजार सुधार हुने संकेत गरेको विश्लेषकहरु बताउछन् । यद्यपी तत्काल नाफा बुक गर्ने प्रवृत्तीले भने लगातार सुधार हुने अवस्था नरहेको उनिहरुको भनाइ छ । 

यस अगाडीको बुलमा फाइनान्सका शेयरधनीले राम्रो पैसा कमाएका थिए । यद्यपी फाइनान्सको खराव वित्तीय विवरणको कारण यस पटक लगानीकर्ता दुई पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनी तर्फ आकर्षित भएका छन् । आज होटल तथा पर्यटन लगायत अधिकाम्स सूचकमा सुधार देखिएको छ । लो क्यापमा खेल्ने लगानीकर्ताहरु फाइनान्सबाट विकास बैंकमा सिफ्ट हुँदा विकास बैंकको शेयर मूल्य आकासिएको छ । 

कति दिगो ? 

यो समय शेयर बजारमा लगानी गर्नेका लागि सबैभन्दा उपयुक्त समय हो । यद्यपी बजारले भने गतिलिन सकेको छैन । बैंकहरुको बढ्दो खराव कर्जा र व्यवसायीहरुको ऋण तिर्न सक्ने क्षमतामा आएको ह्रासका कारण अझै केहि समय बैंकिङ प्रणालीमा दवाव पर्न सक्ने प्रक्षेपण गरिएको छ । अहिलेको बढ्दो खराव कर्जाको बृद्धिदर कतिसम्म पुग्ने भन्ने कुराको टुङ्गो छैन । 

यस बाहेक बैंकिङ प्रणालीमा तरलता बढिरहेको छ । यस वर्ष कर्जाको बृद्धि हुने सम्भावना कम छ । यसले गर्दा अवको एक वर्ष व्याजदर न्यनतम विन्दुमै रहने निश्चित छ । यसले गर्दा अवको केहि समय बजार बढ्दो गतिमै रहने निश्चित छ । यसले गर्दा अवको केहि समय खेलाडीहरुले राम्रै सँग खेल्ने छन् । यस क्रममा बजारमा राम्रै उतारचढाव हुने सम्भावना छ । 

थोरै नाफामा पनि बुक गर्ने प्रवृत्ती

दोस्रो बजारमा जति धेरै ट्रेडर हाबी हुन्छन् त्यसले बजारमा जुन गतिको सुधार हुन्छ त्यहि गतिको गिरावट पनि देखिने गर्छ । बजारमा अलकति मात्रै सुधार हुँदा पनि ट्रेडरले नाफा बुक गर्छन् । बजारमा ठुला लगानीकर्ता नभित्रिएसम्म सुधार हुँदैन । तर उनिहरुले नाफा बुक गरेर बाहिरिने भएकाले साना तिना लगानीकर्ताले सधै ठुलो रकम गुमाउनु परिहरेको हुन्छ । यसले गर्दा बजारमा दीर्घकालिन र संस्थागत लगानीकर्ता हुनु आवश्यक छ । जसले बजारलाई निश्चित विन्दु भन्दा तल झर्न दिदैन । यस बाहेक बजारमा मूल्य बढाएर शेयर किन्न उस्काउने र बिक्री गरेर बाहिरिने अभ्यास पनि नभएको होइन ।  

लगानीकर्ताको बढ्दो मनोविज्ञान

लगानीकर्ताको मनोविज्ञान क्रमश बढिरहेको छ । बजारमा साना ठुला लगानीकर्ता क्रमिक रुपमा प्रवेश गरिरहेका छन् । अहिले बैंकमा पैसा जम्मा गरेर बस्नु शेयरमा लगानी गर्दा बढि प्रतिफल पाउने समय भएकाले पनि लगानीकर्ताको मनोबल बढिरहेको छ ।मंगलबार नेप्से सूचक ५२.३६ अंकले सुधार भएको छ । सूचक सँगै कारोबार रकम पनि ९ अर्ब २० करोडको भएको छ ।  १९६ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ३६ वटाको भने घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र डल्टी पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज डेभलपमेन्ट बैंक, अन्य लगायतका अधिकाम्स सूचकमा सुधार आएको छ । 

 

 

 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार