सरकार परिवर्तनको हल्लाले आज पनि शेयर बजारमा गिरावट, १० अंकले घट्दा ९ अर्ब १२ करोडको कारोबार
- BFIS News
- 2025 Jan Sun 15:07
काठमाडौं । सरकार परिवर्तनको हल्लाले आज पनि शेयर बजार १३ अंकले तल झरेको छ । केहि समयदेखि सरकार ढल्ने हल्ला चलाउदै बजार घटाउने प्रवृत्ती देखिदै आएको छ । बजार सुधारको लयमा देखिने वित्तीकै ब्रोकरदेखि ठुला लगानीकर्ताहरुले सरकार ढल्ने हल्ला चलाउने गरेका छन् । यस अवधिमा शेयर बजार तल झारेर फाइदा उठाउने लगानीर्ता हाबी छन् ।
साताको पहिलो दिन आइतबार कारोबार खुला भएको केहि समयमै बजार घट्न थालेको थियो । यसै क्रममा आज बजार १५/१६ अंकसम्म तल झर्यो । अन्तिममा भने ५ अंकको रिकभर हुँदै १० अंकले मात्रै घट्यो । नेप्से सूचक २६४३.९३ अंकमा झरेको छ । कारोबार रकम भने ९ अर्ब १२ करोड रुपैयाँको भएको छ ।
११६ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १२६ वटा कम्पनीको शेयर मूल्य भने घट्यो । आज फाइनान्सको सूचकमा सर्वाधिक धेरै गिरावट आएको छ । सामाजिक सञ्जाल मार्फत नै केहि लगानीकर्ताले कम्पनी तथा सेक्टर तोकेर मूल्यमा प्रभावित पार्न खोज्दा फाइनान्सको शेयर मूल्य घटेको छ भने केहि विकास बैंकको शेयर मूल्यमा भने बृद्धि भएको छ ।
उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक धेरै कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनी पनि लगानीकर्ताको रोजाइमा परेको छ ।
प्रतिक्रिया