Nepal Life

शेयरधितो कर्जाको सिमा हटेसँगै शेयर बजारमा कस्तो पर्ला प्रभाव, माथिल्लो अवरोधको विन्दु तोड्ने विश्लेषण

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 07:27
शेयरधितो कर्जाको सिमा हटेसँगै शेयर बजारमा कस्तो पर्ला प्रभाव, माथिल्लो अवरोधको विन्दु तोड्ने विश्लेषण
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, नेप्सेका सिइओ कृष्ण बहादुर कार्कीलाई एकै ठाउँमा बोलाएर शेयर बजारको विषयमा गहन छलफल गरे सँगै राष्ट्र बैंकले शेयरधितो कर्जामा लगाउदै आएको क्यापलाई हटाउन राजी भएको छ ।

NIMB

गभर्नर अधिकारीलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिमै शेयरधितो कर्जामा लगाइएको सिमा हटाउन चौतर्फी दवाव भएको थियो । तर उनले आफ्नो ढिपी छाडेनन् । कसैले भनेको नसुनी उनि शेयरधितो कर्जामा लगाएको सिमालाई केहि परिमार्जन गर्ने बाहेक पुर्ण रुपमा हटाउन चाहेनन् ।

यस सँगै शेयर बजारमा साढे दुई सय अंकले गिरावट आयो । बजारमा लगातार गिरावट आए पछि अर्थमन्त्री महतले गभर्नर अधिकारीलाई धेरै पटक अनुरोध गरे । तर गभर्नर अधिकारी कानमा तेल हालेर सबे । गभर्नर अधिकारी नेकपा एमाले निकट हुन् । उनि सरकारको भन्दा पनि नेकपा एमालेको मात्रै कुरा सुन्छन् भन्ने आरोप लाग्दै आएको छ । उनको कार्यशैलीलाई हेर्दा पनि यस्तै भान हुने गर्छ ।

राष्ट्र बैंकले १२ करोडको सिमा पुर्ण रुपमा खारेज गर्ने समाचार बाहिरिए सँगै शेयर बजारका ठुला लगानीकर्ता तथा सक्रिय लगानीकर्ताले बजार बढ्ने संकेत गरेका छन् । शेयर बजारलाई नजिकबाट नियाली रहेका सक्रिय लगानीकर्ता नवराज दाहालले आफ्नो फेसबुक मार्फत १२ करोडको सिमा हटेको विषयलाई व्याङ्ग गर्दै अव तीन चार दिन बजार बढ्ने कुरालाई संकेत गरेका छन् । खासमा उनले १२ करोडको सिमालाई लिएर ठुला लगानीकर्ताले सिर्जना गरेको साइकोलोजिलाई लिएर व्यङ्ग्य गरेका हुन् ।  

नेपाल राष्ट्र बैंकले दुई वर्ष अगाडी शेयरधितो कर्जामा ४/१२ करोड रुपैयाँको सिमा निर्धारण गरेको थियो । यहि समयदेखि आकासिएको शेयर बजारमा लगातार गिरावट आएको थियो । पछिल्ला दुई वर्षदेखि लगानीकर्ताहरुको एक मात्रै ठुलो मागका रुपमा रहेदै आएको ४/१२ करोडको सिमा हटे पनि अहिलेको अवस्थामा यो खासै सान्दर्भिक नभएको कतिपयको विश्लेषण छ । यसले बजारलाई खासै उत्साहित पाउन नसक्ने कतिपयको विश्लेषण रहेको छ भने कतिपयले कम्पतिमा पनि यसले २/३ सयको सुधार गर्ने विश्लेषण गरेका छन् ।

बजार विश्लेषक राजु पौडेलले पनि १२ करोडको सिमा हटे सँगै शेयर बजारले २२ सय विन्दुको अवरोधलाई तोडेर अगाडी बढ्ने विश्लेषण गरेका छन् । बजार १८/१९ सयदेखि २२/२३ सयको विन्दुमा घुमिरहेको छ । यदि राष्ट्र बैंकले १२ करोडको सिमा हटाउने हो भने बजारले २२/२३ सयको विन्दुको अवरोधलाई सहजै तोड्नसक्ने उनिहरुको विश्लेषण छ ।

शेयर बजारका विज्ञ निरञ्जन टिवरेवालाका अनुसार सरकारले बजारलाई विभिन्न बहानामा रोक्ने वा अवरोध गर्ने काम गर्नु हुँदैन । सरकारले शेयर बजारलाई जति धेरै सहजिकरण गर्न सक्यो देशको अर्थतन्त्र धेरै नै सहज हुने उनको विश्लेषण छ । बजार अहिले नै बढ्छ वा घट्छ भन्दा पनि समय समयमा विश्लेषण गर्दै जानु पर्ने उनको सुझाव छ । अवको समय बजारलाई विश्लेषण गर्ने वेला भएको उनको भनाइ छ । यसका लागि देशको अर्थतन्त्र, सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन, राजश्व संकलन लगायतका सूचक हेर्नु पर्ने हुन्छ ।

गत सोमबार भन्दा मंगलबार करिव ४ गुणाले नेप्से बढ्नुलाई लगानीकर्ताले बजार बढ्ने ‘संकेत’ गरेका हुन् । निरन्तर ओरालो लाग्दै गएको बजार सोमबार थामिनु र मंगलबार दाहोरो अंकले बृद्धि हुनुलाई सकारात्मक संकेत लिइएको एक लगानीकर्ताले बताए ।

यसैगरी, बैंकमा लगानीयोग्य रकम प्रयाप्त मात्रमा छ । बैंक तथा वित्तीय संस्थासँग अहिले पनि करिव ४ खर्ब २८ अर्ब रुपैयाँ थुप्रिएर बसेको छ । त्यसरी थुप्रिएको रकम बैंकले बिभिन्न क्षेत्रमा लगानी गर्दै जादाँ शेयर बजारमा पनि आउने भएकाले बजार बढ्ने नै देखिन्छ ।

साथै, अहिले शेयर बजार न्यूनतम बिन्दुमा आएको छ । ३२०० नजिक पुगेको नेप्से १९८५‍.४३ अंकमा झरेर उकालो लाग्ने क्रममा छ । नेप्से न्यूनतम बिन्दुमा आइपुगेको मौकामा शेयर खरिद गर्दा फाइदा हुने देखिएपछि नयाँ लगानीकर्ता प्रवेश गर्न थालेकाले पनि शेयर बजार बढ्न थालेको लगानीकर्ताहरुको भनाइ छ ।

अर्कोतर्फ यति बेला धमाधम बैंक तथा वित्तीय संस्थाले लाभांश दिन थालेका छन् । उक्त लाभांश हात पार्न पनि लगानीकर्ताहरु शेयर किन्न थालेका छन् । बैंकहरुले शेयर धितो कर्जामा लोन दिन थालेकाले पनि शेयर बजार बढ्न पुगेको लगानीकर्ताहरुको भनाइ छ । दसैं तिहार अघि नै बैंकहरुले ऋण दिन थालेकाले पनि शेयर बजार केही बढ्ने आंकलन गरिएको हो ।

यस वर्षकै ठूला चाडपर्वहरु दसैं, तिहार र छठ संघारमा नै आइपुगेका छन् । दसैं, तिहार, छठलगायतका पर्वमा अर्थतन्त्र चलायमान हुने गर्छ ।

एउटा परिवारले एक वर्षमा जति खर्च गर्ने हो, मोटामोटी ४० प्रतिशत दसैं, तिहार र छठमा खर्च गर्छ । औसतमा एक जना मानिसले १५ असोज अन्तिमदेखि कात्तिक अन्तिमसम्मको यो एक महिनाको बीचमा वर्षभरीमा खर्च गर्ने रकमको ४० प्रतिशत खर्च गर्छ ।

यसपालीको दसैं सुरु भइसकेको छ । दसैंको मुखमा ‘अटो शो’ भएको छ । त्यसमा सयौं कार तथा हजारौं मोटरसाइकलहरु ‘बुक’ भएका छन् । यसले अर्थतन्त्र चलायमान बनाउँछ ।

अर्थतन्त्र चलायमान हुने वित्तीकै बैंकिङ प्रणालीमा पैसा थुप्रिन्छ । साथ साथै होटलदेखि लिएर उद्योग कल कारखानाले उत्पादन गरेका सामाग्री यस सयमा बिक्री हुन्छ । सबैको हात हातमा पैसा पुग्ने भएकाले पनि अर्थतन्त्रलाई केहि सहज पक्कै बनाउछ । यस सँग सँगै नेपाल आयातमुखी अर्थतन्त्र भएको मुलुक हो । दशै तिहार चाडवाडको समयमा विदेशबाट अर्बौ रुपैयाँको सामान आयात हुन्छ । सामान आयात हुने वित्तीकै ठुलो रकम विदेशिन्छ । यसले धेरै हदसम्म अर्थतन्त्रलाई असर गर्छ । वैदेशिक रोजगारमा गएका तथा विदेशमा अध्ययनका क्रममा गएका नेपालीले पठाउने रेमिट्यान्सले केहि हदसम्म अर्थतन्त्रलाई गतिशिल बनाउने भएकाले केहि सहज हुन्छ । जवसम्म हामी आन्तरिक उत्पादनमा ध्यान दिदैनौ तवसम्म अर्थतन्त्रले गति लिन सक्दैन ।

यति हुँदा हुँदै पनि अवको केहि महिना अर्थतन्त्रमा गतिशिलता देखिनेछ । सँग सगै यसको प्रभाव शेयर बजारमा देखिने निश्चित छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया