Nepal Life

सोनापुर मिनरल्सको आइपिओ असोज १४ गतेदेखि निष्काशन हुँदै, प्रतिकित्ता २३७.५८ रुपैयाँ तिर्नु पर्ने

NMB Bank
  • BFIS News
  • 2023 Sep 22 07:34
सोनापुर मिनरल्सको आइपिओ असोज १४ गतेदेखि निष्काशन हुँदै, प्रतिकित्ता २३७.५८ रुपैयाँ तिर्नु पर्ने
United Ajod

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले आगामी सर्वसाधारणका लागि यहि असोज १४ गतेदेखि प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्यमा १३.५८ रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता २३७.५८ रुपैयाँको दरमा ९७ लाख ३२ हजार कित्ता शेयर  बिक्री गर्न थालेको हो ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोडको ४० प्रतिशत अर्थात एक अर्ब २३ करोड रकम बराबरको प्राथमिक शेयर निष्काशन गरेको हो । कुल एक करोड २३ लाख कित्ता शेयर मध्ये उद्योग प्रभावित क्षेत्रका बासिन्दाले एक लाख ३४ हजार कित्ता मात्रै खरिद गरेको हुँदा उनिहरुले खरिद नगरेको १४ लाख कित्ता पनि सर्वसाधारणका लागि बिक्री गरिने भएको छ । कर्मचारीका लागि भने ६ लाख ८ हजार कित्ता सुरक्षित गरिएको छ । त्यस्तै म्युचुअल फण्डहरुलाई ६ लाख ८ हजार कित्ता सुरक्षित गरि बाँकी रहेको ९७ लाख ३२ हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो ।  

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले छिटोमा असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका आईपीओ निष्कासन गरिसकेको छ ।आयोजना प्रभावित स्थानीयका लागि अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २२५ रुपैयाँका को दरले १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ निष्काशन गरेको थियो । आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीयका लागि निष्काशित गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाको दरले १० लाख ७६ हजार २६८ कित्ता निष्कासन गरेको थियो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया