Nepal Life

आर्दश लघुवित्तको आईपीओ बाँडफाँट, तपाई लाई परो कि ? हेर्नुस यि साइड बाट ,

Global Ime detail Page
  • BFIS News
  • 2022 Jun Mon 19:25
आर्दश लघुवित्तको आईपीओ बाँडफाँट, तपाई लाई परो कि ? हेर्नुस यि साइड बाट ,
Sanima Reliance


आर्दश लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बिहान  ९ बजे सो शेयर बाँडफाँट भएको हो ।
लघुवित्तले असार १ गते देखि ५ गते सम्म निष्काशन तथा बिक्री खुला गरेको शेयरमा ६२ लाख ७२ हजार ७४९ आवेदकको  आवेदन स्वीकृत भएको थियो भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको छ । स्वीकृत आवेदनमध्ये ६ हजार २५५ आवेदकले १० कित्ताका दरले शेयर पाउदा ५ जनाले ११ कित्ताका दरले शेयर पाएका छन ।
लघुवित्तले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता शेयरको लागी आईपीओ निष्काशन गरेको थियो । त्यस मध्ये ०.५० प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी  ६२ हजार ६२५ कित्ता शेयर सर्वसाधरणको लागि वितरण गरिएको छ  ।  लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० किताको दरले शेयर वितरण गरिको हो ।

NIMB

 

बिक्रि प्रबन्धक बिओके क्यापिटलको वेबसाइट https://bokcapital.com.np/ , सिडीएससीको मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट  http://iporesult.cdsc.com.np/ बाट र आदर्श लघुवित्त कम्पनीको वेबसाइट https://www.adarshamicrofinance.com/ बाट हेर्न सकिने छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया